निगमलाई दैनिक चार करोड नाफा तर, इन्धनकाे मूल्य २ रुपैयाँ मात्र घट्यो

१७  असार २०७७ काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ ।

मंगलबार मध्यरातिदेखि लागू हुने गरी मूल्य बढाइएको हो । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको निगमले जनाएको छ ।

भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७७ पैसा, डिजेलमा ५ रुपैयाँ ८८ पैसा र हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ ६ पैसा बढेर आएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । मंगलबारको निर्णयअनुसार पेट्रोलको खुद्रा मूल्य ५ रुपैयाँ, डिजेल र मटितेलमा २/२ रुपैयाँ बढेको छ ।

खुद्रा मूल्य समायोजनपश्चात् थानकोट, सुर्खेत र दिपायलका लागि पेट्रोल प्रतिलिटर १ सय १, डिजेल ८७ र मटितेल ८७ रुपैयाँ पर्नेछ । पोखरा र दाङका लागि पेट्रोल प्रतिलिटर १ सय रुपैयाँ ५० पैसा , डिजेल ८६ रुपैयाँ ५० पैसा र मटितेल ८६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ । चारआली, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवरी, नेपालगन्ज र धनगढीका लागि पेट्रोल ९९ रुपैयाँ ५० पैसा, डिजेल ८५ रुपैयाँ ५० पैसा र मटितेल ८५ रुपैयाँ ५० पैसा तोकेको जनाएको छ ।

Comments

comments