२० असार २०७७
धुलिखेल । तामाङ परिवार सेवा समाजले एकजना अशक्त व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त आर्थिक सहयोग गरेका हो ।
तामाङ परिवार सेवा समाजले यस अघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । यसैक्रममा शारिरीक अशक्त, बेसहारा बनेका दक्षणकाली नगरपालिका वडा नं ७ कोपु गाउँ निवासी २१ बर्षिय बिकास गोले तामाङलाई ७६ हजार २ सय ८ रुपैयाँ नगद सहयोग गरेको छ ।
तामाङलाई आर्थिक हस्तान्तरण गर्न पुर्व डिएसपि, अधिवक्ता तथा संस्थाको कानुनी सल्लाहकार चुडादेव सिंह लामा, संयोजक निग्मा तामाङ पुगेका थिए ।
आर्थिक सहयोग गर्ने सहयोगी मनहरुलाई संयोजक तामाङले धन्यवाद व्यक्त गरेका छन् ।

Comments

comments