२८ असार, २०७७ पनौती । विगत केही वर्षदेखी निरन्तर पत्रकारितामा सक्रिय रहेका काभ्रेका पत्रकार अशोक बुद्ध लामाले आफ्नो जन्मउत्सव पनौती नगरपालिका वडा न. ९ मा अवस्थित श्री प्राणनाथ माईती बृद्धश्रममा वृद्धआमाबुबाको साथमा केक काटेर मनाएका छन् ।
शनिबार विहान बनेपा नालामा रहेको ह्वाइट गुम्बामा बत्ती बाली लामाको आर्शिवाद लिई पनौती पुगेका थिए । बृद्धश्रममा रहेका २० जना वृद्धआमाबुवाहरुलाई आश्रममा आवश्यक भाँडाकुँडाहरु थाल २५ थान, गिलास २५ थान, चम्चा २५ थान, प्लेट २५ थान र पानी खाने जग ४ थान, डस्विन २ थान र रु नगद ५ हजार सहयोग गरेका थिए ।

आफ्नो लागि त पशु पनि बाँच्छन् अरुको लागि बाँच्नु नै मानव र जिन्दगी रहेको बताउदै आफ्नो जन्मदिन मनाएको बताए । उनी तेमाल अनलाइन डटकमका रोशी संवाददाता हुन् । साथै सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी मेनेजरको रुपमा पनि कार्यरत छन् । उनले धेरैको जीवन सुरक्षित बनाएको बताउछन् ।

 

Comments

comments