२८ असार, २०७७ तेमाल । काभ्रे जिल्लाकोे तेमाल गाउँपालिकाले दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । छात्रवृत्ति कक्षा ११, १२ र व्याचलरमा अध्यनरत ३४ जना दलित छात्रछात्राहरुलाई वितरण गरिएको हो ।
उनिहरुलाई प्रतिव्यक्ति नगद रु ७ हजार ३ सय ५३ का दरले जम्मा रु २ लाख ५० हजार वितरण गरिएको गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले जानकारी दिए ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७।०७८ मा दलित उत्थानका निम्ति ५ लाख बजेट छुट्याएको अध्यक्ष तामाङले जानकारी दिए । गाउँपालिकामा २ सय १५ दलित घर धुरीको ११ सय १४ जनसंख्या रहेको छ ।

Comments

comments