२८ असार,२०७७ काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले उत्कृष्ट कृषकहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरेको छ ।
जसको मन उसैलाई समर्थन भन्ने गाउँपालिकाको कार्यक्रम अन्तर्गत आईतबार एक कार्यक्रमका बिच गाउँपालिकाअध्यक्ष डि.बि. लामा र प्रमुख प्रसासकिय अधिकृत डम्बरु दाहालले संयुक्त रुपमा उत्कृष्ट कृषकहरुलाई रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा गाई भैसी पालेर उत्कृष्ट भएका वडा नं ६ का रीम बहादुर तामाङ २० हजार र वडा नं ८ का खामसाङ लामालाई बाच्छी किन्न रु २० हजार प्रदान गरीएको थियो ।

त्यसैगरी बाख्रापालनमा उत्कृष्ट भएका वडा नं १० का विष्णु बहादुर शाही र वडा नं ४ का राम बहादुर थापा मगरलाई बाख्रा किन्न रु २०।२० हजार प्रदान गरीएको थियो ।
माहुरी पालन तर्फ उत्कृष्ट भएका वडा नं १ का श्याम सुन्दर मुल्मी र सोहि वडाका विर बहादुर मगरलाई रु १० हजार बराबरको ३ वटा माहुरी घार प्रदान गरिएको कृषि तथा भेटनरी शाखा प्रमुख रघुनी साहले जानकारी दिए ।

Comments

comments