१ साउन, २०७७ भुम्लु । काभ्रेको भुम्लु गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७।७८ को बजेट गत असार ३० गते मंगलबार सार्वजनिक गरेको छ ।
सातौं गाउँसभाको दोस्रो बैठकले ४५ करोड ७५ लाख ८ हजार ३ सय रुपैयाँ बजेट बिनियोजन गरेको गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले जानकारी दिए।
उपाध्यक्ष कल्पना श्रेष्ठले शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपंक्षिका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको बताए ।
त्यस्तै अपाङ्गता भएका ब्यक्ति, जेष्ठ नागरिक महिलाको क्षेत्र, तथा युवा स्वरोजगारका कार्यक्रमलाई गाँउपालिकाले प्राथमीकतामा राखेर बजेट बिनियोजन गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















