काठमाडौ । नेबिरा फाउन्डेसनद्वारा आयोजनामा शनिबार मास्क तथा साबुन वितरण गराएका छन् ।
नेबिरा काठमाडौं समुहका सदस्यहरु काठमाडौंको माइतीघरमा एक कार्यक्रमको अायोजना गरि महानगरिय ट्राफिक प्रहरी,महाशाखा रामशाह पथ काठमाडाैँमा माक्स तथा साबुन वितरण कार्यक्रम आयोजना गरिएकाे हो।
फाउन्डेसनले सामाजिक सुरक्षालाई मध्यनजर गरि पहिलो चरणको अभियान अन्तर्गत मास्क र साबुन वितरण गरेका थिए।
महामारी कोरोना भाइरस बेला दिनरात नभनी अाफ्नो राष्ट्रप्रति समर्पित भई राष्ट्र सेवामा खटिनु भएका राष्ट्र सेवक, नेपाल ट्राफिक प्रहरीको स्वास्थ मध्यनजर गरि तथा यस कोरोनाको जटिल अवस्थामा ३०० मास्क र ३०० साबुन दिएका छन् ।
महानगरीय ट्राफिक प्रहरी माहाशाखा रामशाहापथ, काठमाडौं कार्यालय प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल, प्रहरी उपरीक्षक बामदेव गौतम, प्रहरी निरीक्षक प्रकाश सिङ विशेष उपस्थितिमा उक्त सामग्री वितरण गरिएको थिए।
फाउन्डेसनको उद्देश्य सामाजिक जागरुकता अभियान अपांग ,अशक्त घरवारविहीन परिवारको हेरबिचार तथा विभिन्न सचेतनामुलक कामहरु बाट सचेतना गर्ने समाजमा केही परिवर्तन गराउन सदैव अग्रसर हुने बताएका छन् ।
अहिले विश्वव्यापी रूपमा बढ्दै गएकाे काेराेना भाइरसलाई मध्यनजरमा राखेर उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे नेबिरा फाउन्डेसनका कार्यकारी निर्देशक राजन भुसालले तेमाल अनलाइनलाई जानकारी दिनुभएकाे छ।
















