७ श्रावण २०७७
बनेपा । आगामी श्रावण २६ र २७ गते हुन गइरहेको नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं बार्षिक साधारण सभा तथा अधिवेशनमा काभ्रे जिल्लाबाट उद्योगी सुरकृष्ण बैद्यले केन्द्रीय सदस्यका लागि उम्मेदारी घोषणा गरेका छन । आज एक कार्यक्रमका बीच जिल्ला।नगर उद्योग बाणिज्य संघबाट खुल्ला तर्फको कार्यकारिणी सदस्यको लागी वैद्यले उम्मेदारी घोषणा गरेका हुन् ।
पदाधिकारीमा उम्मेदवार दिन दुई कार्यकाल केन्द्रिय कार्यकारिणी सदस्य भइ काम गर्नुपर्ने महासंघको विधानमा उल्लेख गरेका कारण आफूले फेरि केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेको कार्यक्रममा बताए ।
वैद्य बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको प्यानलबाट आफ्नो उम्मेदारी दिएको पत्रकार सम्मेलनमा बताए ।
कार्यक्रममा मुलुकको समृद्धिको लागि औद्योगिक क्रान्ति हुनुपर्नेमा जोड दिए ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै वैद्यले के भने ? हेर्नुहोस् भिडियोः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।