नेपाली बजारमा सुनको भाउ तोलाको ९६ हजार नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुन तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम गरेको छ । यो हालसम्मकै उच्च मूल्य हो । शुक्रबार भने तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलाको ९५ हजार ८ सय ६० रुपैयाँ पुगेको छ । गत शुक्रबार तोलाको ९५ हजार ३ सय ६५ मा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि निरन्तर बढेर तोलाको १ हजार १ सय ५५ रुपैयाँ पुगेको छ । सुनको भाउ महँगो हुँदा किनबेच ठप्प जस्तै भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वकै अर्थतन्त्र बिग्रिँदै गएको तथा ठूला देशबीच तनाव बढ्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ महँगो हुँदै गएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।