सुदिन लामा दोङ ,
भक्तपुर, चैत २९ ।

ङ्याल्मो दोसी मिरी छ्याची एसे पिन्पा माया
तिङला ढुकढुक्की ताची एसे पिन्पा माया

यो मार्मिक गीत तामाङ कथानक चलचित्र सेमरिनमुला माया चलचित्रको हो ।
पर्दशनिको तयारमा रहेको तामाङ कथानक चलचित्र सेमरिन मुला मायाको छायाङ्कन, सम्पादन लगाएतको सम्पुर्ण कार्य सकिएको निर्माण पक्षले जनाएको छ । नयाँ बर्षको अवसरमा प्रर्दशनमा ल्याउन तयारी गरिएको उक्त चलचित्र बैषाखको अन्तिम हप्ता प्रर्दशनमा आउने पर्खाइमा रहेको छ ।
सिने साइड डिजिटल प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र क्राबा ङला सेम को अपार सफलतापछि जय लक्ष्मी फिल्म प्रालिको ब्यानरमा भाग दुईका रुपमा निर्माण भएको सेमरिन मुला माया जोमसोम, नुवाकोटको कुलकुले, काभ्रे कोशीपारी लगाएत विभिन्न ठाउँमा छायाङकन गरिएको छ ।

जय लक्ष्मी फिल्म प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र सेमरिन मुला मायाका निर्माता लोसाङ लामा रहेका छन् भने उक्त चलचित्रको पाठ कथा र निर्देशक सञ्जय लामा(अर्जुन ) ले गरेका हुन् । यस्तै चलचित्रमा द्वन्द निर्देशक राजु दोङ रहेका छन् साथै नृत्य निर्देशक अजय स्याङतान र दिपक लामाले गरेका छन् ।

यस्तै चलचित्रलाई सम्पादन भने दिपक तामाङले गरेका हुन् । बास्तविक र यथार्थ माया प्रेमलाई समेटेर निर्माण गरिएको उक्त चलचित्रमा एक अनाथ केटाको माया प्रेमको विषय वस्तुमा रहेको निर्माण पक्षले जनाएको छ । हाम्रो समाजमा अनाथ प्रति गरिने ब्यवहार र संस्कारले निम्त्याउने समस्याको विषयमा यस चलचित्रले उजागर गर्न खोजेको छ ।
चलचित्रमा मुख्य भुमिकामा सञ्जय लामा , खुशी घिसिङ र संगीता दोङले गरेका छन् ।
कुमार स्याङवा र सम्झना लामाको शव्दमा प्रयास दोङ र सञ्जय लामाको संगीतमा निमा दोङ, जितु लोप्चान , प्रयास दोङ, विश्व शान्तको स्वरमा चलचित्रमा चारओटा गीत समाबेश रहेका छन ।
अतिथि कलाकारका रुपमा सविन श्रेष्ठ र पुर्णिमा मोक्तान देख्न सकिन्छ भने जकास लामा,तिर्थ तामाङ , कुमार लामा लगाएत थुप्रै कलाकारको कलाकारिता उक्त चलचित्रमा हेर्न सकिने निर्माण पक्षले जनाएको छ ।

Comments

comments