अञ्जली तामाङ, १४ साउन,२०७७ धुलिखेल । काभ्रे जिल्लाको धुलिखेलमा रहेको शान्ति जन आदर्श सेवा केन्द्रले पनौती नगरपालिकाको वडा नं ७ त्रिवेणीघाटमा रहेको प्राणनाथ माईती बृद्ध आश्रममा राहत वितरण गरेको छ ।
हिजो मंगलबार एक कार्यक्रमका बिच शान्ती जन आर्दश सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाले आश्रमका अध्यक्ष रघुनाथ तिमल्सिनालाई राहतको प्याकेज हस्तान्तरण गरिएको हो ।
केन्द्रले सि.आर.एस को सहयोग र पनौती नगरपालिकाको समन्वयमा बृद्ध आश्रममा राहत वितरण गरेको हो ।त्यसैगरी संस्थाले पनौती वडा नं ८ मा रहेको बाल गृहमा पनि राहत वितरण गरिएको छ।
राहत वितरण कार्यक्रममा संस्थाको सचिव राजेन्द्र अधिकारी, संस्थाका कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।
शान्ति जन आदर्श सेवा केन्द्रले कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तर्गत पनौती नगरपालिकाको १२ वटा वडामा रहेका बिपन्न परिवारहरुलाई १६ प्रकारको सामाग्रीहरुको राहत प्याकेज बितरण गरिएको संस्थाको अध्यक्ष लामाले जानकारी दिए ।
यस अघि शान्ति जन आर्दश सेवा केन्द्रले गत असार महिनामा पनौती नगरपालिका वडा नं. ८ खरिबोटमा अति विपन्न १८ घरपरिवारलाई राहत वितरण गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















