२१ श्रावण २०७७ काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ । एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख नाघेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । तेजावी सुनको मूल्य एक लाख ९ सय रुपैयाँ पुगेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























