सुनिता दोङ तामाङ
२७ श्रावण २०७७
इराक । वैदेशिक रोजगारको सिलसिलामा इराक पुगेको एक नेपालीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नं. २ (साविक मिर्गी गाविस वडा नं. ५) का वर्ष ३४ का प्रदिप दाहाल रहेका छन् ।
कोरोना भाइरस संक्रम बढ्दै गएपछि इराकमा लकडाउन घोषणा गरेसँगै उनी विरामी भएको उनका साथी मन्दिपराज शाक्यले जानकारी दिए । दाहालको स्थानीय हिवा अस्पतालमा उपचार गर्दै आएको थियो ।
अस्पतालमै मृत्यु भएको उनी इराक स्थित सुलेमानी फेमिली मलमा  विगत ४ वर्षदेखि इराकमा श्रम गर्दै आएका थिए । काम गर्दै आएका थिए ।
उनको श्रीमती र एक छोरा रहेको छ ।

Comments

comments