४ भदौ, २०७७ काभ्रे । साउदी अरबमा दुर्घटनामा परी निधन भएका प्रयास थिङको परिवारलाई आज विहिबार बिमा रकम हस्तान्तरण गरिएको छ । नेसनल लाइफ इन्सुरेन्स कम्पनी बनेपा शाखाका प्रमुख सुर्य सापकोटा, नेकपा युवा नेता दैबलाल घिसिङको पहलमा मृतकका बुबा टंक बहादुर थिङ र आमा फुलमायाँ थिङलाई १४ लाख रुपैयाँ रकम हस्तान्तरण गरिएको हो ।
वैदेशिक रोजगारको शिलसिलामा साउदी अरब गएका खानीखोला वडा नम्बर १ धार्ने निवासी थिङको आठ महिना नपुग्दै गत बैशाख ३० गते साउदीको जेडा जुलुममा काम गर्दा गर्दै सडक दुर्घटनामा परी निधन भएको थियो ।

मृतक थिङको शब ल्याउन परराष्ट्र मन्त्रालयको कन्सलर सेवा विभाग र वैदेशिक प्रर्वद्धन रोजगार बोर्ड मार्फत पहल गरिएको हो। कोरोना माहामारीको कारण शब ल्याउन केही ढिलाई भएको थियो ।
विदेशमा जानु अगि नेपालकै पहिलो बिमा कम्पनी नेशनल लाइफ इन्सुरेन्समा मृतक प्रयास थिङले ४ हजार रुपैया तिरेर जीवन बिमा गरेर गएका थिए ।
वैदेशिक रोजगार प्रवर्दन बोर्डको सचिवालयबाट मृतकलाई दिने रु ७ लाख लकडाउन खोलेपछि परिवारलाई दिने जनाएको छ । लकडाउनको कारण कागजपत्रहरु पेश गर्न कठिनाइ भएकोले परिस्थिति अलि सहज भएपछि उक्त रकम उपलव्ध गराउने शाखा अधिकृत गोविन्द प्रसाद आचार्यले बताए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।