अञ्जली तामाङ
१ बैशाख, धुलिखेल । नयाँ वर्ष २०७५ को उपलक्ष्यमा शुक्रबारबाट शुरुभएको ‘धुलिखेल पर्यटन मेला तथा खाना महोत्सव’ भव्यताका साथ सम्पन्न भएको छ ।
शनिबार महोत्सवको अन्तिम दिन अथवा नयाँ वर्ष २०७५ साल भएकोेले देशका विभिन्न भागबाट आन्तरिक तथा बाह्य पार्यटकहरुको उत्सवपूर्ण उपस्थिति रहेका थिए ।
महोत्सवमा विभिन्न प्रकारका परिकारहरुको व्यवस्था गरेको थियो । धेरै वटा स्टलहरु रहेको महोत्सवमा विभिन्न समुदायको विशेष परिकारहरु समाबेश गरिएको छ । विशेष गरि नेवार खाना, तामाङ खाना लगायतका खानाका परिकारहरु महोत्सवमा समावेश गरिएको छ । महोत्सवमा स्थानीय कलाकार देखि राष्ट्रिय कलाकारहरुको उपस्थिति थिए ।
विभिन्न ३७ वटा स्थानिय संस्थाहरु सह–आयोजक रहेको यस महोत्सवको अध्यक्षमा यस अघि नै श्रवण तखाछेंको अध्यक्ष बनाएका थियो ।
‘सम्वृद्ध धुलिखेलको लागि पर्यटन, शिक्षा, स्वास्थ्य, व्यापार र आवास’ भन्ने नगरपालिको दुरदृष्टि अनुसार र स्थानिय पुरानो वजारको अस्तित्व उजागर गर्दै स्थानिय आर्थिक विकासमा सघाउ पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सवका अध्यष तखाछेंले जानकारी दिए ।
महोत्सवमा तामाङ, नेवारी, गुरुङ लगायतका समुदायका टिपिकल खानेकुरासंगै नयाँ–नयाँ खानाको समेत व्यवस्था थियो ।
महोत्सवमा पुराना वजार सरस्वती बजार लगायतका टोलटोलमा नागरिक सचेतना केन्द्र तथा आमा समुहहरुले विभिन्न मौलिक परिकारद्धारा पर्यटकलाई स्वागत गरेका थिए ।