७ भदौ २०७७
काभ्रे । जोर्डनमा रहेकी चिरिमाया (प्रनिशा) तामाङले पहिरोका कारण धनजनको ठूलो क्षति पुगेको लिदि गाउँका पिडितहरुलाई आर्थिक सहयागे गरेकी छिन् । माइती गाउँ लिदिमा गएको पहिरोबाट भएको धनजनको क्षतिलाई केही राहत होस भनी तामाङले आफ्नो ब्यक्तिगत तर्फबाट अमेरिकी डलर २ सय सहयोग गरेकी हुन् ।
आफ्नो माइती गाउँमा गएको पहिरोका कारण आफू बिछिप्त भएको र आफन्त जनहरूको घाउमा मलम लगाउन यो रकम सहयोग गरेको उनले बताईन् । लिदि निबासी नेमा छिरिङको बहिनी चिरिमाया ठोरी गाउँपालिका पर्साकी स्थायी बासिन्दा भएपनी घर जुगलकै बोल्दे गाँउमा हो । माइती परिवारको ८ जना आफन्त पहिरोमा गुमाएकी चिरि तामाङले लिदि पहिरो पिडितलाई सहयोग गर्न सबैमा अनुरोध समेत गरेकी छिन् ।
उनले अन्तर्राष्ट्रिय तामाङ परिषदका सचिव रबिन लामा थिङ मार्फत जुगल गाउँपालिकाको उपप्रमुख सृजना तामाङ मार्फत लिदिमा रहेको आफ्नो आफन्तलाई पु¥याउन अनुरोध गरेकी छिन् ।
उनकी दाजु नेमा छिरिङ दोङ आमा, श्रीमती र छोरी पहिरोमा गुमाएर अहिले एक्लो भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।