मुक्तक लामा
सगर थर्काउँदै फनको मारिएका रातो बाज जस्तो एकीकृत जनक्रान्तिको यो महान रक्तिम यात्राले साच्चिकै जन्माएको छ एउटा नयाँ संग्राम । संग्रामी रणभुमीबाट उदाएको छ बैज्ञानिक समजवादी उन्मुक्ति आन्दोलनमा निरन्तर रक्तिम पाइला चाल्ने राता सिपाहिहरु ।
जन्मिएको छ यो तप्त संतप्तहरुको आँसुको भेलबाट ,उदाएको होइन कुनै बद्शाहाको पैताला मुनिबाट, जन्मिएको छ यो वीर सहिदहरुको रक्तबिजबाट अनि बामे सर्दैछ हजारौं हजार महान सहिदहरुको रक्तभाल माथी । हेर दुनियाँका मानव जातीलाई हेर, जो भोक, रोग, अज्ञान्त र पराधिनताको चपेटामा पिल्सिएका सर्बहाराबर्गलाई हेर । अनि हिजो जनयुद्धमा आफ्नो गास काटेर ओढारमा लुकाएका चेपाङ समुदायको बस्तिहरुमा डोजर चलाएको हेर ।
खुल्ला आकाश छेक्ने झुपडीमा सामन्ती दलालहरुले लगाएको आगोको मुस्लो हेर के यो समाजवाद हो ? दलालहरुले लगाएको आगो को भुंग्रोबाट आफ्नो सन्तानलाई बचाउन दुधे बालक काखी च्याप्दै हर गुहरमा चिच्याहटपुर्ण मार्मिक आवाजले के तिम्रो मन छोएन र फासिस्ट दलाल सरकार ? हिजो जनयुद्धमा लाल झुपडी घोषणा गर्ने महानायक क. प्रचण्ड आज किन बोल्दैन ? भुमिहिन बर्गले आज ओतलाग्ने बस्तीहरुमा आगो जल्दै गर्दा वर्गसंघर्षको आदर्श मिश्रित ठुल्ठुला भाषण गर्दै जनयुद्ध प्रति प्रेरित गर्ने बाबुराम किन बोलदैन ? जनयुद्धमा त गर्ने गथ्र्यौ नि गाँस, बाँस र कपासको कुरा ।
आज त्यही जनता भोक भोकै सड्कमा लम्पसार परेको बेला तिमीहरु चौरासी व्यञ्जन भोजमा मस्त हुँदा किन बोल्दैन ? एउट गरिबले आर्थिक अभाव कै कारण उपचार नपाउद हस्पिटल को छ्त माथी गएर बिरामी ले आत्मा हत्या गर्दा के तिम्रो मनमा दया पलाएन ? साम्राज्यवाद र बिस्तारवाद लाई आफ्नो प्रमुख सत्रु ठान्ने तिमिहरु सुस्त लुटिदा किन मौन ? लिपुलेक लुटिदा किन बेखबर ? अनि विस्व साम्राज्यावादी अमेरिकी एमसीसी परियोजना पारित गर्ने दुस्साहस गर्दा किन उल्टै साम्राज्यवादी मुलुकको पक्षमा निर्णय गर्न आतुर देखिन्छ काम्रेड महोदय ? के यहि नै थियो त १० बर्ससम्मा हामिले गरेको त्याग र बलिदान ?
हो, हामीले परिकल्पना गरेको थियौ समाजवादको अनि विभेद रहिद समाज को । तर आज त्यही विभेद रहिद समाजको खातिर जनयुद्धमा बन्दुक बोकेर आफ्नो स–साना नानीहरुलाइ जीवन संगिनी र बूढो बा आमाको काखमा सुम्पिएर समाजवादी व्यबस्थाको निम्ति कम्युनिस्ट आन्दोलनको रणभुमिमा साहसका साथ हाम फालेको दलितमाथि मन्दिर पस्न खोज्दा निर्घात कुटिएको देख्दा अझै तिमीलाई जनयुद्ध र गणतन्त्रको कुरा गर्न लाज लाग्दैन ?
महान जनयुद्धको निम्ति मैना सुनुवार र दिलमाया योन्जन जस्ता बिचारी कलिला किशोरीले रगत बगाए । तर आज देशमा त्यस्तै अबोध किशोरी निर्मला पन्त लगाएत कयौ चेली दिन दहाडै बलात्कृत हुँदा के अझै पनि कम्युनिस्ट आन्दोलन बाट स्थापित भएको महान क्रान्तिकारी नेता स्वीकार गर्छौ ?
छि घिन लाग्छ तिम्रो शासन वेबस्था देखेर । तिमी त हजारौं सहिदहरुको रगतमाथी पौडी खेल्दै महान सहिदहरुको लासको थुप्रोमाथी सत्ताको भर्‍याङ् लगाएर संसदीय व्यबस्थाको अलिसन राजगद्दीमा बिराजमान छौ । एक जना राजा फालिएर ६०१ महाराजाहरु जन्माएका छौ । राजा त फालिनु नै पथ्र्यो । २३८ बर्षसम्म निरंकुश व्यबस्था लाद्ने र जनता माथी सार्बभौम अधिकार नै कुन्ठित गरिन्थे । तर एक जना राजा फालिएर यदि मुलुकमा सामन्तवाद र दलाल पुँजिवादको शोषण रहिरह्यो भने राजा फालिनु र नफालिनुमा कुनै परिवर्तन आउदैन । त्यसैले तिमीहरु र निरंकुस तानाशाही राजतन्त्रमा फरक के ?
राजा फालिएर जनताले कुनै पनि परिवर्तनको अनुभूति गर्न पाएन भने त्यो सबैभन्दा खतरापूर्ण तानाशाही व्यबस्था हो भन्ने स्पष्ट भएको छ । यी सबै बिद्यमान र बर्तमान राजनीतिक परिवेशलाई मध्यनजर गर्दै यो नबसंशोधनवादी दलाल राज्यसत्ताको विरुद्धमा यतिवेला कमरेड नेत्र बिक्रम चन्द (विप्लव) नेपाल कम्युनिस्ट पार्टीले गरिएको एकीकृत जनक्रान्तिको बाटो नै आम सर्बहारा श्रमजिबिबर्गहरुको निम्ति अपरिहार्य रहेको छ ।
नेपाल कम्युनिस्ट आन्दोलनको लामो इतिहासमा लाल गद्दारहरुद्वारा गरिएको क्रान्तिमाथी गरिएको अपमान र जनता माथी गरिएको कुठाराघात नै प्रतिक्रान्ती को जड्सुत्र हो भन्ने बुझिन्छ । यहि प्रतिक्रान्तीले आम नेपाली सर्बहार र श्रमजिबि जनता माथी बेइमानी गरेकोले अर्को क्रान्तीको आबश्यक्त भएकोले नयाँ क्रान्तीको जन्म भएको हो । उ कसरी राजा भन्दा पनि तानाशाही भयो भन्नू होला ? हिजो त्यही सर्बहारा बर्गको निम्ति सामन्तवादी दलालहरुको विरुद्धमा हामी एउटा मुक्तीयुद्ध लडेको सहयोद्दा आज हामीलाई धरपकड गर्दै छ । सँगै बन्दुक बोकेर त्यही सामन्तीको दुश्मनसँग मोर्चा लड्ने योद्धाले आज त्यही दलालहरुको सिपाही लगाएर हाम्रो कन्चेटमा बन्दुकहरु तेर्साउदै हातमा हातकडी ले बाँधिएको छ अनि बन्द गुफा झै कालकोठारी र जेलहरुमा झुट्टा मुद्दामा बन्दी बनाएको छ ।
के यो सामन्ती राजतन्त्रात्मक व्यबस्था भन्दा कुन फरक पन छ ? होसियार दलाल प्रतिक्रियावादी हो । तिम्रो जेल भित्र बन्दी बनाउँदैमा हाम्रो आस्थाका बिचारहरुलाई कुन्ठित गर्न सक्नेछैनौ । तिमी थुनिदै गर, हाम्रो निम्ति तिम्रो जेल एक माक्र्सवादी शिक्षा हासिल गर्ने विस्वबिद्यालय हो, जहाँ एकीकृत जनक्रान्ती को योद्धाहरु पढ्दै छ्न । अनि तिम्रो जेलको आँगनहरुमा हाम्रो रातो सिपाहीहरु परेड खेल्दै छ्न ।
एक दिन तिम्रो राज्यसत्तालाई खरानी बनाउने संकल्पका साथ मुक्तिको बाटो कुर्दै छ्न । सक्छौ भने यस्तो एउटा बिद्यालय बनाउ जहाँ बैज्ञानिक समाजवाद के हो ? माक्र्सवादी के हो र वर्गसंघर्ष केका निम्ति अपरिहार्य छ भन्ने सबैले बुझुन । होइन भने त्यो तिम्रो जेल कुनै प्राचीन काल मा अपराधी लाई सुधार्न सजय दिने थलो हो । हामी कुनै अपराधी होइन दलाल सामन्तवादी हो कान खोलेर सुन हामीलाई अपराधीको व्यबहार नदेखाउ । तिम्रो जेल, हिरासत र हात्कडीले हामीलाई थप उर्जा मिलेको छ । झन उच्चा मनोबलका साथ एकीकृत जनक्रान्तीको रणभुमीमा तिम्रो बलिचढाउन ।
होशियार प्रतिक्रियावादी दलालहरु अब छिट्टै तिम्रो सत्तामा बारुद ओकाल्ने राता मान्छेहरु बिउँझिदै छ । तिम्रो थोत्रो सत्ता भत्काएर नयाँ बैज्ञानिक समाजवादी राज्यसत्ताको नौलो बिहानी झुल्किदै छ ।
एकिकृत जनक्रान्ती– जिदावाद ।
दलाल संसदीय व्यबस्था– मुर्दावाद ।

Comments

comments