राम बहादुर तामाङ,
विश्वभर फैलिएको कोभिड १९ को संक्रमणलाई रोक्न नेपाल सरकारले मिति २०७६ चैत्र १० गते देखि देशभर घोषणा गरेको लकडाउन मिति २०७७ साल श्रावण ७ गते अन्त्य भएतापनि कोभिड १९ को संक्रमण न्यूनीकरण हुनुको साटो दिन प्रतिदिन भूसको आगो झैं समुदायस्तरमा नै फैलन गएको छ ।
जसको कारण रोशी गाउँपालिका अन्तर्गतका ६९ वटा बालविकास केन्द्रहरु, ५३ वटा प्राथमिक तथा आधारभूत विद्यालयहरु, १६ वटा माध्यमिक विद्यालयहरु र ३ वटा संस्थागत विद्यालयहरु(दुई मावि र एक आवि) सहित ७२ विद्यालयहरुमा अध्ययनरत करीब ७ हजार ५ सय बालबालिकाहरुको पठन पाठनमा प्रत्यक्ष रुपमा प्रभावित भएको छ । शैक्षिक सत्र २०७७ को बार्षिक शैक्षिक योजना निर्माण, शैक्षिक क्यालेण्डर निर्माण, विद्यार्थी भर्ना अभियान, विषयगत वार्षिक शैक्षणिक योजना निर्माण, स्थानीयस्तरीय परीक्षाको नतिजा प्रकाशन तथा विश्लेषणजस्ता कार्यहरु प्रभावित भएका छन् ।
विद्यालयस्तरको कक्षा १० को अन्त्यमा हुने एसइइ परीक्षा र कक्षा ११ र कक्षा १२ को अन्त्यमा हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाका नियमित परीक्षा कार्यक्रमहरु समेत प्रभावित भएका छन् । विश्वभर पmैलिएको कोभिड १९ को कारणले बालबालिकाको नियमित शैक्षिक कार्यक्रमहरु प्रभावित हुन गइ अभिभावक तथा विद्यार्थीहरुमा मानसिक असर परेको देखिन्छ । शैक्षिक सत्रको सुरुमा गर्नुपर्ने नियमित कार्यहरु जस्तै भावी शैक्षिक योजना निर्माण, भर्ना अभियान सञ्चालन, विद्यार्थी भर्ना व्यवस्थापन, पाठ्यपुस्तक खरिद तथा वितरण, शिक्षकको वार्षिक कार्यसम्पादन मूल्यांकन, विद्यालयको समग्र शैक्षिक व्यवस्थापनका कार्यहरुमा असर परेको देखिन्छ । जसकोे कारणले विद्यार्थीहरुको मनमा सिर्जित मनोवैज्ञानिक त्रासलाई कम गर्न प्रत्येक बालबालिकाका अभिभावकहरु सचेत हुन पर्दछ ।
विद्यालयहरु सञ्चालन नभएको अवस्थामा बालबालिकाहरु अभिभावकहरुसंगै हुने हुनाले आफ्नो बालबालिकाहरुलाई कोरोना भाइरसबाट बच्ने तरिकाहरुको बारेमा जानकारी गराउनु पर्दछ । जस्तै समय समयमा साबुन पानीले मिचि मिचि २० सेकेण्डसम्म हात धुने, कम्तीमा एक मिटरको सामाजिक तथा भौतिक दुरी कायम गर्ने, हाछिउँ गर्दा वा खोक्दा रुमालले मुख छोप्ने वा कुहिनाले मुख छोप्ने, अल्कोहलयुक्त ह्याण्ड सानिटाइजर प्रयोग गर्ने, १००।४ डिग्री भन्दा बढी ज्वरो आएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने, घरबाहिर निस्कदाँ मास्क प्रयोग गर्ने आदि कार्य गरेर वर्तमान संकटबाट जोगिने उपाय खोज्नु पर्छ ।
बालबालिकाहरुलाई फुर्सदको समयको सदुपयोग गर्न उमेर र शारीरिक क्षमता अनुसारको जीवनोपयोगी सीपहरु सिकाउनु पर्दछ । मौसम तथा ऋतु अनुसारका ज्ञान तथा सीप सिकाउनु पर्दछ । जस्तै मौसम अनुसारका हिउँदे बालीहरु जौ, गहुँ, तोरी जस्ता बालीहरु भित्र्याउने समय भएकोले ती बालीहरु टिप्ने तथा केलाउने तरीकाहरु सिकाउनु पर्दछ र श्रमप्रति सम्मान गर्न सिकाउनु पर्दछ ।
अहिलेको समय वर्षेबालीहरु जस्तै मकै, सिमी, बोडी, भटमास, काँक्रा, खोर्सानी जस्ता बालीहरु लगाउने तथा टिप्ने बेला भएकोले अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई ती बालीहरु लगाउने तरिकाहरु सिकाइ तिनीहरुलाई व्यस्त राख्ने तथा समय अनुसारको जीवनोपयोगी ज्ञान तथा सीपहरु सिकाउन सकिन्छ ।
कोभिड १९ को संक्रमणलाई न्यूनीकरण गर्न देशभर भएको लकडाउन त्यसपछि छिमेकी गाउँपालिका तथा नगरपालिकामा कोभिड–१९ को संक्रमणका कारणले विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको सन्दर्भमा विद्यार्थीहरुको पढाइ तथा सिकाइलाई निरन्तरता दिनका लागि टेलिभिजनको पहुँच रहेका स्थानमा बसोबास गर्ने बालबालिकाहरुका लागि NTV PLUS, DISH HOME को Show Case 2, Dish home को Channel no.114, 115, 117 मा विभिन्न कक्षाका विविध विषयहरुमा श्रव्यदृश्य सामग्रीहरु प्रशारण भएकोले उक्त शैक्षिक कार्यक्रमहरु हेरेर बालबालिकाहरुले आफ्नो पढाइलाई निरन्तरता दिन सक्नेछन् ।
इन्टरनेटका पहुँच भएका बालबालिकाहरुका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विकास गरिएका विभिन्न कक्षा र विषयका virtual कक्षाहरु Youtube मा Search गरेर हेर्न सकिन्छ । विभिन्न सामाजिक सञ्जालहरुको प्रयोग गरेर पनि पढाइ तथा सिकाइलाई निरन्तरता दिन सकिन्छ । त्यसैगरी टेलिभिजन तथा इन्टरनेटका पहँुच नभएका तर रेडियोको पहँुच भएका बालबालिकाहरुका लागि रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका, नाङ्शाल एसोशिएसन, रेडियो रोशी १०१.६ मेगाहर्जको सहयोग र सहकार्यमा सञ्चालित रेडियो शिक्षा कार्यक्रमः हाम्रो स्कूल सुनेर बालबालिकाहरुले आफ्नो पढाइ तथा सिकाइलाई निरन्तरता दिन सकिन्छ ।
रोशी गाउँपालिकाका अधिकाँश भाग ग्रामीण भेगमा पर्दछ । केही ठाउँहरुमा अनलाइन शिक्षा सम्भव भएतापनि धेरै ठाउँहरुमा अनलाइन शिक्षा सञ्चालन गर्न कठिनाइ हुने देखिन्छ । यस्तो अवस्थामा नेपालको ९० प्रतिशत भन्दाबढी भूभागमा पहुँच भएको तथा ग्रामीण भेगको भरपर्दाे माध्यम रेडियोलाई प्रयोग गर्न सकिन्छ । विभिन्न रेडियो मार्फत प्रशारित शैक्षिक कार्यक्रमहरुबाट विद्यार्थीहरुका पढाइ तथा सिकाइलाई निरन्तरता दिन सकिन्छ । रेडियोको पहँुच भएका बालबालिकाहरुका लागि रेडियो रोशी १०१.६ मेगाहर्जबाट प्रशारण भएको रेडियो शिक्षा हाम्रो स्कूल कार्यक्रमलाई प्रभावकारी बनाइ विद्यार्थीको सिकाइलाई निरन्तरता दिन विभिन्न निकायले देहायको भूमिका तथा कार्यहरु गर्नुपर्ने देखिन्छ:
घर परिवार तथा अभिभावकको भूमिका तथा कार्यहरु
  • कोभिड–१९ बाट बच्न घरपरिवारका सदस्यहरुलाई न्यूनत्तम स्वास्थ्य सामग्रीहरु(मास्क, सानीटाइजर, पन्जा, थर्माेमिटर आदि)को व्यवस्था मिलाउने,
  • बालबालिकाहरुको हरेक गतिविधिहरुको बारेमा जानकारी राख्ने,
  • बालबालिकाहरुको सिकाइ वातावरण तयार गर्न आवश्यक सामग्रीको व्यवस्था मिलाउने,
  • बालबालिकाहरुलाई उपलब्ध वैकल्पिक सिकाइ माध्यमहरुको बारेमा जानकारी गराउने,
  • सिकाइका लागि न्यूनत्तम आवश्यक सामग्रीहरुको(पाठ्यपुस्तक÷घरमा नै गराउन सकिने क्रियाकलाप पुस्तिका, सिसाकलम, कापी, कलम, रेडियो÷टेलिभिजन÷इन्टरनेट÷कम्प्युटर ) प्रबन्ध मिलाउने,
  • विद्यालयका प्रअ/शिक्षकलाई बालबालिकाको बारेमा जानकारी गराउने,
  • बालबालिकालाई फुर्सदको समयमा जीपनोपयोगी ज्ञान तथा सीपहरु सिकाउने,
  • रेडियो शिक्षामा सुधार गर्नु पर्ने पक्षहरुका बारेमा सुझाव दिने,
  • रेडियो शिक्षालाई प्रभावकारी बनाउन आवश्यक सल्लाह र सुझाव प्रदान गर्ने ।
    विद्यालयको विव्यस÷प्रअ÷शिक्षकका भूमिका र कार्यहरु
  • कोभिड–१९ बाट बच्न विद्यालयहरुले न्यूनत्तम स्वास्थ्य सामग्रीहरु(मास्क, सानीटाइजर, पन्जा, थर्माेमिटर आदि)को व्यवस्था मिलाउने,
  • विद्यालयहरुले पाठ्यपुस्तक÷घरमा नै गराउन गर्न सकिने सिकाइ क्रियाकलाप पुस्तिका वितरण गर्ने,
  • विद्यालय व्यवस्थापन समितिले शिक्षक तथा प्रअ आफ्नो कार्यक्षेत्रमा रहेनरहेको जानकारी तथा निगरानी गर्ने,
  • विद्यालय व्यवस्थापन समितिले सिकाइलाई निरन्तरता दिन विद्यालयका प्रअ तथा शिक्षकहरुलाई परिचालन गर्ने,
    ड्ड विद्यालय व्यवस्थापन समितिले रेडियो शिक्षामा कक्षा लिन प्रअ तथा शिक्षकलाई अभिप्रेरित गर्ने,
  • विद्यालयका प्रअ÷शिक्षकहरुले सेवाक्षेत्रमा कुन वैकल्पिक माध्यम उपयुक्त हुन्छ सोको बारेमा गाउँपालिकालाई सुझाव प्रदान गर्ने,
  • स्वास्थ्यको मापदण्ड पालना गरी विद्यालयले सेवाक्षेत्रका विद्यार्थीहरुलाई सिकाइका वैकल्पिक माध्यमहरुका बारेमा जानकारी गराउने,
  • रेडियो÷टेलिभिजन÷इन्टरनेट आदिको पहुँच नभएका स्थानमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ विद्यालयले वैकल्पिक माध्यम अन्तर्गत टोल÷बस्तीमा समूह सिकाइ पद्धति अबलम्बन गर्ने,
  • रेडियो शिक्षालाई प्रभावकारी बनाउन रचनात्मक सल्लाह र सुझाव दिने,
  • रेडियो शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक सल्लाह सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउने,
  • कोभिड–१९ को संत्रासलाई न्यूनीकरण गर्न विद्यार्थी तथा अभिभावकलाई आवश्यक परामर्श र सरसल्लाह तथा सुझाव प्रदान गर्ने ।
गाउँपालिकाको भूमिका तथा कार्यहरु
  • विद्यालयहरुमा अध्ययनरत बालबालिकाको सिकाइलाई निरन्तरता दिन पाठ्यपुस्तक उपलब्ध गराउन समयमा रकम निकासा गर्ने तथा अभिभावकको सहयोगमा घरमा नै गराउन सकिने सिकाइ क्रियाकलाप पुस्तिका छपाइ तथा विद्यालयलाई उपलब्ध गराउने व्यवस्था मिलाउने,
  • कोभिड–१९ बाट प्रभावित भएको विद्यालय शिक्षाको सिकाइलाई निरन्तरता दिन सिकाइको वैकल्पिक माध्यमको व्यवस्था गर्न बजेटको व्यवस्था मिलाउने,
  • सिकाइको वैकल्पिक माध्यमको प्रबन्ध गर्न अन्तरपालिका, संघसंस्था तथा रेडियो आदिसँग समन्वय, सहकार्य र साझेदारी गर्ने,
  • वैकल्पिक सिकाइ सहजीकरण तथा व्यवस्थापन गर्न स्रोत साधन तथा बजेटको प्रबन्ध गर्ने,
    ड्ड रेडियो शिक्षा कार्यक्रमका लागि तहगत तथा विषयगत रोष्टर तयारी र परिचालन गर्ने,
  • विद्यालयहरुलाई आवश्यक न्यूनत्तम स्वास्थ्य सामग्रीहरु(मास्क, सानीटाइजर, थर्मल गन आदि) वितरणको प्रबन्ध मिलाउने,
  • कोभिड–१९ बाट बच्ने उपायहरुका बारेमा रेडियो तथा सूचना प्रविधिको माध्यमहरुबाट आम समुुदाय तथा विद्यालयहरुलाई सचेतना कार्यक्रम सञ्चालन गर्ने,
  • कोभिड–१९को प्रभाव तथा असरलाई आँकलन गरी आगामी रणनीति तथा कार्यक्रम तय गर्ने,
  • कोभिड–१९ बाट प्रभावित सिकाइलाई निरन्तरता दिन नीति, कार्यक्रम तथा बजेटको चाँजोपाँजो मिलाउने र आपतकालीन योजना निर्माण तथा कार्यान्वयन गर्ने,
  • वैकल्पिक सिकाइ प्रबन्ध गर्न नीतिगत तथा कार्यक्रमगत रुपमा तहगत सरकार तथा अन्तरपालिका समन्वय, सहकार्य र साझेदारी गर्न पहल गर्ने,
  • अभिभावकहरु, बालबालिकाहरु, प्रअ÷शिक्षकहरु तथा विद्यालय शिक्षामा सरोकार राख्ने व्यक्तिहरुको मनोबल उच्च राख्न रचनात्मक कार्य गर्ने ।
अन्त्यमा:
विश्वभर फैलिएको कोभिड १९ को संक्रमणलाई रोक्न नेपाल सरकारले तोकेको जनस्वास्थ्यका सुरक्षा तथा मापदण्ड पालना गर्नुका साथै बेला बेलामा जारी गरेकोे Lockdown तथा निषेधाज्ञालाई परिपालना तथा कार्यान्वयन गर्नु हामी सवैको कर्तव्य, दायित्व र जिम्मेवारी हो । कोभिड–१९ को कहर लामो समयसम्म रहने संकेत देखा परेको सन्दर्भमा तत् तत् निकायले जिम्मेवार ढंगले आ–आफ्नो दायित्व र कर्तव्य पूरा गर्न अब ढिला गर्नु हुँदैन । वर्तमान अवस्थामा सिकाइलाई निरन्तरता दिनका लागि सिकाइको वैकल्पिक माध्यमलाई प्रभावकारी रुपमा परिचालन गर्नु अनिवार्य र अपरिहार्य सर्त हो ।
समग्रमा विद्यालयका विद्यार्थीहरु, अभिभावकहरु, प्रधानाध्यापकहरु तथा शिक्षकहरु, व्यवस्थापन समितिका पदाधिकारीहरुलाई सर्वप्रथम त आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्, सरसफाइमा ध्यान दिनुहोस्, घरमै बस्नुहोस् र सुरक्षित रहनुहोस् । कोरोना भाइरसबाट बच्ने उपायहरु अवलम्बन गर्न आग्रह गर्दछु । आफु बच्नुहोस् र अरुलाई पनि बचाउनुहोस् । विद्यालय शिक्षासँग सरोकार राख्ने महानुभावहरुलाई के आग्रह गर्न चाहन्छु भने आफु र आफ्नो परिवारको स्वास्थ्यको ख्याल गर्दै जोसँग जेको पहुँच छ (इन्टरनेट, टेलिभिजन, रेडियो आदि) त्यही माध्यमको प्रयोग गरी आफ्नो पढाइ तथा सिकाइलाई निरन्तरता दिनुहोस् दिन लगाउनुहोस् ।
(लेखक राम बहादुर तामाङ रोशी गाउँपालिका, काभ्रेका शिक्षा शाखा प्रमुख हुनुहुन्छ । –सम्पादक)

Comments

comments