भक्तपुर ।तामाङ चलचित्रका चर्चित नायक जंगे लोप्चनद्वारा सिन्धुपाल्चोकको प्राकृतिक बिपत्ति लामो समय देखि झेलिरहेका लिदि पहिरो पीडितलाई रु.”४० हजार”रुपैया अार्थिक सहयोग हस्तान्तरण गरिएको छ।

हाम्रो समृद्ध नेपालका विशेष समन्वयमा राष्ट्रिय तामाङ घेदुङका महासचिव तथा प्रविन वलको प्रमुख अातिथ्यतामा जुगल गाउँपालिका उपप्रमुख सृजना तामाङको हातमा सो अार्थिक सहयोग रकम वितरण गरेको हो।

लामो समयदेखि तामाङ चलचित्रको पर्दामा मुख्य नायकको भुमिकामा देखा परेको लोप्चन साँच्चिकै समाजका लागि पनि वास्तविक नायकको रुपमा उदाहरणीय बनेका छन् ।

यो बेला हामीले साथ र सहयोग गर्नुपर्छ। हामीले सोच्नै नसोचेको प्राकृतिक बिपत्ति सिन्धुपाल्चोक लिदिमा भएको भीषण पहिरोको कारण समस्यामा परेकामा दुख व्यक्त गर्दै नायकले भने, हामी मानव हो,समाजमा हामीले एकअर्कालाई दुख पिडामा पर्दा साथ र सहयोग गर्नुपर्छ । भन्दै मैले यो थोरै सहयोग गरेको छु। थोपा थोपा मिलेर समुन्द्र बनाउनको लागि अनुरोध समेत गरेका छन्।साथै
अाफुले सकेको सहयोग समाजका लागि निरन्तर गरिरहने प्रतिबद्धता समेत नायकले बताएको छ।

त्यसैगरी उपप्रमुख सृजना तामाङले विशेष गरि यति धेरै साथ,सहयोग गर्नुहुने सहयोगी मनका धनी, चर्चित नायक लाई स्थानीय सरकारको तर्फबाट विशेष धन्यवाद व्यक्त गरेकी थिइन् ।

रोशी गाउँपालिका वडा ६ काभ्रेमा खड्का बहादुर लामाको नाति बुबा नर बहादुर लामा र आमा नक्कली तामाङको कोखमा जन्मनु भएका नायक २०६४ सालमा ” लानी “तामाङ चलचित्रबाट यस क्षेत्रमा प्रवेश गरेका थिए।नायकले माया,लनी,चु माया,म्लङ प्वाँहर लगायतका थुप्रै चलचित्रमा अभिनय गरिसक्नुभएका छन् ।
सहयोग रकम वितरण कार्यक्रमका प्रमुख अतिथि प्रविन बलले यो बेला सिन्धुपाल्चोक लिदि रोइरहेको छ।यो दुखित परिस्थितिमा सबै संघ, संस्थालाई सकेको अार्थिक सहयोग गरिनुपर्छ भन्दै लिदिको बस्तीलाई एकदम छिटोछरितो सुरक्षित स्थानमा बस्तीको व्यवस्थापन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए।

गत साउन ३० गते शुक्रबार बिहान ६:३० बजे जुगल गाउँपालिका लिदिमा भिषण पहिरो गएको थिए।

 

Comments

comments