काठमाडौं। निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि सुरु गर्न लागेको चार्टर उद्धार उडानको समयतालिका सार्वजनिक गरेको छ।

कोभिड–१९ का कारण विभिन्न देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीलाई यही सेप्टेम्बर २ देखि २९ सम्म स्वदेश ल्याउने एयसलाइन्सले जनाएको छ । हिमालय एयरलाइन्सले यसअघि पनि विभिन्न देशहरुबाट चार्टर्ड उडान गरिरहेको छ ।