भक्तपुर । तामाङ चलचित्र प्रदर्शन दिवसको उपलक्ष्यमा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरद्वारा शुभकामना दिएका छन् ।

२०५२ सालमा जयनन्द लामाद्धारा निर्देशित तामाङ भाषाको चलचित्र “सेमरी छोरङान “तामाङ चलचित्र इतिहासकै पहिलो चलचित्र २०५३ साल भाद्र १६ गते शनिबार रसियन कल्चरमा प्रदर्शन भएको थियो ।

तामाङ चलचित्र हाल सम्म करिब १६० वटा भन्द बढी तामाङ भाषामा चलचित्र निर्माण भइसकेको छ। तामाङ चलचित्र तामाङ समुदायको एकताको प्रतिक, समाजिक सद्भावको प्रेरणा भएको नेपाल तामाङ चलचित्र संघको केन्द्रीय अध्यक्ष तथा आदिवासी चलचित्र महासंघका उपाध्यक्ष बिकु थोकरले बताएका छन् ।

प्रत्येक वर्ष तामाङ चलचित्र संघले प्रदर्शन दिवसको रुपमा औपचारिक कार्यक्रम गरेर मनाइरहेको थियोे भने,यस वर्ष बिश्वब्यापी रुपमा फैलिएको (कोभिड १९) को कारण कुनै पनि औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु गर्न नसकेको कुरा सम्पूर्णमा अध्यक्ष बिकु थोकरले जानकारी दिएको हो।

तामाङ चलचित्र क्षेत्रमा दिनरात भोक तिर्खाको ख्याल समेत नगरी निरन्तर योगदान दिदै आइरहेको चलचित्रकर्मीलाई सम्मान गर्दै आएको सम्पूर्णलाई स्मरण पनि गरेका छन् ।