५ बैशाख, काभ्रे, कुशादेवी/ काभ्रेको पनौती नगरपालिका स्थित विहावर भेगमा पहिलो पटक पर्यटन महोत्सवको हुने भएको छ ।
कुशादेवी क्षेत्र सरोकार समाजको आयोजनामा आगामी बैशाख १५, १६ र १७ मा विहावर महोत्सव हुन लागेको हो । जिल्लामा नै पहिलो पटक प्याराग्लाइडिङ सहितको महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।
महोत्सवको समद्घाटन पर्यटन मन्त्री रविन्द्र अधिकारी र सुचना तथा सञ्चार राज्य मन्त्री गोकुल बास्कोटाले गर्ने छन् । ट्राउट माछा, अर्गानिक मह, दुधका विभिन्न परिकार, ढिंडो, गुन्द्रुक, मकैका पिठोका परिकार, विहावर भेगमा उत्पादन हुने तरकारी तथा फलफुल र तिनका परिकार महोत्सवको मुख्य आर्कषण हुन् ।
३ दिनसम्म चल्ने महोत्सवमा कुशादेवीको नयांगाउ स्थित गुर्दुम डाडाबाट कुशादेवी बजारसम्म प्याराग्याइडिङ खेल्न पाउने गरि ११ वटा प्याराग्लाइडिङ व्यवस्थापन गरिएको महोत्सव आयोजना मुल समारोहका सचिव श्रीकृष्ण थापाले जनाकारी दिए । तिन दिनसम्म चल्ने महोत्सवमा विहावर क्षेत्र कुशादेवी, रयालेका सबै टोल टोलमा महोत्सवको एउटा एउटा आर्कषण व्यवस्थापन गरिने उनले बताए ।