भक्तपुर । कोरोना भाइरसको लकडाउनले गर्दा भोकभोकै बस्न बाध्य भएका १८३पीडितहरु लाई खाद्यान्न सामग्री वितरण गरेका छन् ।
कोरोना भाइरसको कारण करिब ६ महिना देखि देशमा लकडाउन भएको हुनाले अाम गरिबीहरु ठुलो मारमा परेका छन् । विभिन्न रोगी मृगौला पीडित, ब्लड क्यान्सर, एकल महिला, सुत्केरी अामा र साच्चिकै समस्यामा परेकाहरु लाई १ बोरा चामल, २ केजी दल, १ लिटर तेल,१प्याकेट नुन,खाद्यान्न सामग्री दिएका थिए।
लकडाउनको कारण भोकभोकै बस्ने बाध्य भएकाहरुलाई “हाम्रो समृद्ध नेपाल”बाट रु.१लाख चवन्न हजार रुपैयाँ ,अमेरिकामा बसोबास गर्नु हुने समाजसेवी लोकबहादुर घिसिङले रु.९३हजार ४ सय नब्बे,तामाङ चलचित्रका चर्चित नायक जंगे लोप्चन रु २० हजार,समाजसेवी सरोज लामा घिसिङ रु २० हजार, सागर घिसिङ रु २० हजार साथै समाजिक अभियन्ता बाविता योञ्जनले स्वर्गीय अामाको नाममा २ सुत्केरी अामालाई विशेष प्रोटिन युक्त खाद्यान्न दिएको हो।
काभ्रे,भक्तपुर, ललितपुर, काठमाडौं जिल्लाको विभिन्न स्थानमा लकडाउनको मारमा परेर निकै समस्यामा परेकाहरुलाई उक्त राहत वितरण गरेको हो।
समाजिक अभियन्ता तथा हाम्रो समृद्ध नेपालका अध्यक्ष सुदिन लामाको बिशेष पहलमा उक्त खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरेका थिए भने उक्त खाद्यान्न राहत वितरण गर्न निकै सकृय समाजिक अभियन्ता, कलाकार, पत्रकारहरु सहभागी भएको थियोे ।

Comments

comments