२९ भदौ २०७७
इजरायल । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोकराईसँग इजरायलमा रहेका नेपालीहरुको बृहत संवाद कार्यक्रम हुने भएको छ ।  ‘एतिहासिक भर्चअल बृहत संवाद कार्यक्रम’ नेपाली समाज इजरायले आयोजना गर्न लागेको हो ।
जसपा नेता सुन्दर योञ्जनका अनुसार कार्यक्रममा विभिन्न विषयमा नेता राइले स्पष्ट पार्नेछ । विशेष गरि जसपले उठाउदै आएको राष्ट्रिय सवालहरुको जस्तै संविधान संशोधन किन ? पहिचानसहितको अधिकारका लागि दृढ्तापूर्वक संघर्ष गर्ने, जसपा कसरी मुलुकको वैकल्पिक शक्ति हो ? लगायतको धेरै सवालहरुको जवाफ दिनेछन् ।
उक्त संवाद कार्यक्रममा प्रश्न, जिज्ञासा, जनगुनासो र जनचासोको सवालमा समेत वरिष्ठ नेता राईसँग कुराकानी गर्न पाउने छ ।
कार्यक्रम सेप्टेम्बर २४, २०२० विहिबारका दिन नेपाली समय दिउँसो ४ बजे र इजरायली समय अपरान्ह १ः३० बजे शुरु हुने नेता योञ्जनले तेमाल अनलाइनलाई जानकारी दिए ।

Comments

comments