इन्डियन प्रिमियर लिग क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा राजस्थान रोयल्समाथि ८ विकेटको जित दर्ता गरेको बेंग्लोर ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो ।

बेंग्लोरले चार मध्य तीन खेलमा जित पनि हात पार्न सफल भयो राजस्थानले दिएको १५५ रनको लक्ष्य बेंग्लोरले ५ बल बाँकी छदै २ विकेट गुमाएर पुरा गरेको छ । बेंग्लोरको जीतमा कप्तान विराट कोहलीले नटआउट ७२ रन बनाउँदा देवदत्त पडिकलले ६३ रन बनाएर आउट भए ।

यसैगरी एबी डिभिलियर्सले १२ रन बनाए । टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो । जोस बटलर र स्टेभन स्मिथका साथ ओपनिङ गरेको राजस्थानको सुुरुवात भने राम्रो रहन सकेन । टिमको स्कोर २७ रन पुगेका बेला कप्तान स्मिथ व्यक्तिगत ५ रन बनाएर आउट भए ।

उनलाई इसुरु उडानाले पभेलियन पठाएका थिए । टिमको स्कोर ३१ रन भएका बेला व्यक्तिगत २२ रन बनाएका बटलर पनि आउट भए । बटलरले १२ बलमा ३ चौका र एक छक्का प्रहार गरे । बटलरलाई नवदीप सैनीले देवदत्त पडिकेलको हातबाट क्याच आउट गराएका थिए । सोही स्कोरमा सन्जु सेमसन व्यक्तिगत ४ रन जोडेर आउटहुँद राजस्थानले ३१ रनमा तेस्रो विकेट गुमायो ।

सेमसनलाई युजबेन्द्र चहलले कट पभेलियन पठाए । रविन उथप्पा र महिपल लोमररले राजस्थानको पारि अघि बढाएका थिए । तर, उथप्पा १७ रन बनाएर चहलको बलिङमा आउट भए ।

उथप्पा आउट हुँदा राजस्थानको स्कोर ७० रनमा चौथो विकेट गुमेको थियो । लोमरर र रियान परागले टिमको स्कोर १०० रन कटाएपनि व्यक्तिगत १६ रन बनाएका बेला पराग उडानाको बलमा आउट हुन पुगेका थिए । टिमको स्कोर ११४ रन हुँदा छैटौं विकेटको रुपमा राजस्थानले लोमररको विकेट गुमाएको थियो ।

उनी व्यक्तिगत ४७ रन बनाएर पभेलियन फर्किएका थिए । त्यसपछि राहुल तेवटिया र जोफ्रा आर्चरले राजस्थानको पारि अघि बढाए । आर्चरले ९ बलमो १६ रन बनाएर नटआउट रहँदा तेबटियाले १२ बलमा २४ रन बनाए । बेंग्लोरका लागि युजबेन्द्र चहलले सर्वाधिक तीन विकेट लिँदा इसुरु उडानाले २ विकेट लिए ।

Comments

comments