०७७।०६।१५ गतेका दिन कार्यालयमा भिड–भाड थियो । एउटा टेन्डरका लागि १०४ निर्माण ब्यबसायीका फर्महरु बिक्री भएका थिए । बिहान एउटा महत्वपूर्ण फिल्ड भिजिटको काम पनि भएकोले बिहान ७ बजे नै कार्यालय पुगे ।
कार्यालय जानू पुर्ब करिब ३ किमि मर्निङ वाक गरेर आइ नुहाएर निस्केको थिए । फिल्ड भिजिटको क्रममा ५।७ वटा अम्बा खाली पेटमा खाएको थिए । त्यस क्रममा तातो घाममा करिब २ किमि हिडिएको थिए । बिहानको खानामा दहि (प्राय अरु दिन खान रुचाउदिन) खाएको थियो । केही अमिलो थियो । खाना खाएपछी टेन्डरको लागि प्रहरी ब्यबस्थापन, कर्मचारी ब्याबस्थाप्नको क्रममा धपेडी भएको थियो । त्यही बेला दर्ता भै सकेको टेन्डर लुट्न आएको जत्थाको कारण मुटु ढुक्क फुलेको आभास भएको थियो ।
१२ बजेसम्ममा ५० वटा बिड दर्ता भएका सबैमा आफैले तोक लगाए । १० जति उपभोक्ता समितीसँग सम्झौता गरेको र १ बजे कार्यक क्षमा नै ५० वटै टेन्डर आफैले खोले । (सबैमा कैँची आफै लगाएको थिए) निर्माण ब्यबसायिका प्रतिनिधिहरु धेरै हुनुभएकोले जिस्कदै टाढा बस्न भनेको थिए । उनीहरु रिसाउलान भनेर म संक्रमित हुन सक्छु यहाँहरुलाई सर्छ समेत भनेको थिए ।
मुचुल्का गर्ने क्रममा तातो तातो बहस पनि भयो । करिब ४ बजे त्यो काम सम्पन्न गरिएको थियो । त्यो दिन धेरै गर्मी तथा बाक्लो उपस्थितिका कारन एसी लगाइएको थियो ।
अरु दिन खाने नगरेको चिसो कोक एक ग्लास समेत खाए । त्यसपछि काठमाडौ फर्कने क्रमम बाटोमा आइसके पछि घाँटी समातेको र बोल्न कठिनाई भएको आभास भो । अम्बा दहि अनि एसी भित्रको कोकको करामत भन्ने निस्कर्ष निस्कियो ।
एक जना स्टाफको गोजिमा स्टपशिल रहेछ दिनु भो । त्यो बाटोमा २ वटा खाए घर आएपछी एउटा खाए । घरमा आएपछि आफ्नो घाँटी समातेको भन्दा कोरोना त लागेन भन्ने शंका गर्दा उपरोक्त खानालाई नै दोष लगाइ रहेको थिए । १४ गते प्राबिधिक शाखाको ६ जनालाई नै यस्तै लक्षण देखिए पछि स्वाब संकलन गरिएको थियो । जसले गर्दा मेरो मनले १०० प्रतिशत खानालाई दोष दिन उपयुक्त ठानेन र म आइसोलेट भए ।
राती घाँटी दुख्ने मात्रा बढ्यो शरीरमा अधिक गर्मी हुने अत्यन्तै थकाइ लाग्ने भै उक्त रात राम्ररी निदाउन सकिएन । जिउ थर्थर काप्ने, जोरो आएझै लाग्ने, टाउको दुखी रहने गर्दा एक मनले आफुलाइ कोरोना लागेको ठानी राथे भने अर्को मनले जुन्सुकै बेला मास्क लगाएको र लक्षण देखिएका प्राबिधिक साथिहरुसँग नजिक नभएकोले अम्बालाइ नै दोस दिई राको थियो ।
यो दुख्ने क्रम शनिबार झन थपियो दिन भर सुते । शनिबार राती निदाउनै सकिन । तातोपानी बाहेक कुनै औषधि खाइन । आइतबार पनि सो छट्पटी जारी रहेपछी मोबाइल अफ गरेर सुतेको थिए । मेरो दुबै सिम अफ भएपछी कार्यालयबाट सबारी चालक भाइलाई फोन गरि तु अफिसमा कल गर्न भन्ने खबर मेरो श्रीमतिको मोबाइल मार्फत आयो । सम्पर्क नै नगरी अन्दाज गरि सकेको थिए कि सबै लक्षण वाला साथिहरुको पोजिटिभ आयो । मोबाइल खोलेर सम्पर्क गर्दा ६ पठाइएको मा ४ पोजिटिभ थियो ।
यस अघि नै वडामा कार्यरत इन्जिनियरको पोजिटिभ आइसकेको थियो । अब आफुलाइ कोभिड लागेको कुरामा धेरै हदसम्म स्विकारी सकेको थिए । यद्यपि उपरोक्त ३ चिज खाएकै दिन किन यस्तो भो भन्ने कुराले त्यही भन्ने लागि रह्यो ।
सोमबार कन्ट्र्याक ट्रेसिङ गर्न अफिस जाने तय भएको थियो । मेरो शरिरको थरथराहट अनि गाउँपालिकामा उपयुुक्त आइसोलेसन नभएकोले घर फर्कनु पर्ने हुँदा जिल्ला स्वास्थ्य कार्यालयका डा नरेन्द्र झाले बनेपामा नै स्वाब निकाल्ने बन्दोबस्त गरि दिनु भो ।
म शुक्रबार देखि आइसोलेट भएर छुट्टै बसेको श्रीमति, छोरो र छोरि एउटा रुममा थिए । १८ गते सोमबार रातिबाट छोरालाइ एक्कासि जोरो आयो । अब भने मुटुको धड्कन ज्यादै बढ्यो । त्यसपछी छोरालाइ पुन आइसोलेट गरियो । धन्न ३ वटा बाथरुम सहितको कोठा हुनाले म्यानेज भयो ।
मङल्बार बिहान एक डोज र बेलुकी एक डोज सिटामोलले छोराको जोरो मङलबार रातिबाट कन्ट्रोल् भो । मंगलबार पुन अर्को इन्जिनियरको पोजिटिभ आयो । राती डा साबले फोन गर्नु भो । मैले अगाडि नै स्वीकार गरि सकेकोले खासै केही भएन । यद्यपि छोरोलाई जोरो आउनु श्रीमतिलाई घाँटी दुख्नु जस्ता कुराले थप धड्कन बढायो ।
यो रात पनि निन्द परेन । बुधबार रोशीको स्वास्थ्यका साथिहरु घरै आएर स्वाब लिदिनु भो । बिहिबार छोराको पनि पोजिटिभ आएको छ । बुधबार दिनभर पखाला लाग्यो । बुधबार राती राम्ररी निदाए । बिहिबार नाक गनाउने कान थुनिने छाती दुख्ने भएको छ । इम्युनिटी बढाउने नाममा नुन वाला झोलिलो कुरा र गुर्जो बेसार अजिथ्रो खाएकोले होला गर्मी अनुभव भएर शरिरमा ताप बढेको मुटुको पल्स १११ पुगि निन्दाउन समस्या भयो ।
मौसमी फ्लू हो या कोरोना हो भनेर कसरी छुट्याउने भनेर फेसबुकहरुमा विभिन्न लक्षणहरु दिएको पाइन्छ । मेरो सन्दर्भमा ती लक्षणहरु बिल्कुलै फरक पाए । न जोरो छ न खोकी छ । न घाँटी खसखसाको छ । नत पखाला लागेको छ । न स्वाद हराको छ नत गन्ध हराएको छ । घाँटी फ्लूमा पनि समाउथ्यो । छाती पनि दुख्थ्यो । जिउ पनि दुख्थ्यो । टाउको पनि दुख्थ्यो नै । हाछिउ पनि आएकै थियो । नाक बन्द खुल्ला यहाँ भन्दा अघि पनि भएकै हो ।
यो पटक केही फरक महसुस गरिएका कुराहरु यस्ता छ्न ।
१ घाँटी केहिछिन समाउने केही छिन मै छोड्ने
२ पहिला पहिला सिङान तर्तरी हुन्थ्यो । यो पटक अलिअलि नाक चिसो भो एकै छिन मा सुक्खा ।
३ जुनसुकै बेला चिट्चिट पसिना आउने
४ शरीरका मांसपेशी दुख्ने अधिक थकाइ लाग्ने
५ गलो नबस्ने तर बोली नाके भयो ।
६ जोरो आएन तर आउला आउला जस्तो गर्ने
७ तालु पोले जस्तो ग¥यो
८ श्वास ४० सेकेन्ड पनि रोक्न सकिएन ।
९ पातलो दिशा भएन तर पटक पटक दिशा भैरह्यो ।
१० मोउसमी फ्लूमा हाछिउ पटक पटक आउथ्यो यो पटक हाच्छिउ एक्दमै कम पटक आइरहेछ ।
११ टाउको भारी भैरहने र बेलुकी पख बढी टाउको दुख्ने
रोशी गाउपालिकाका कर्मचारी साथिहरु म सहित ७ जना मा (हिजो सम्म) कोभिड पोजिटिभ देखिएकोले मसँग क्लोज कन्ट्याक्ट्मा रहनु भएका सबैले आइसोलेसनमा बसि दिन हुन अनुरोध छ । लक्षण देखिना साथ म पनि आइसोलेसन मा बसेको थिए तर सो पुर्ब नै मलाई पनि कसैले यस्तो जानकारी दिएको भए थप फैलन बाट जोगिने थियो भन्ने लागेको छ ।
(रोशी गाउँपालिका, काभ्रेका प्रमुख प्रशासकीय अधिकृत दाहाल आइसोलेशनमा हुनुहुन्छ । कोभिड–१९ महामारीको बेला यो राम्रो सन्देश बन्न सक्ने भएकोले उहाँकै अनुमतिमा यो अनुभूति हामीले प्रकाशन गरेका छौं । –सम्पादक)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।