सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ स्थित लिदिका पहिरो पिडितहरुलाइ आज तामाङ समाज यूएईले न्यानो सिरक बितरण गर्यो।
नेपाल स्थित तामाङ समाज यूएई काठमाडौ सम्पर्क समितिको सम्योजकत्वमा पिडितहरुलाई पुनर्स्थापन गरिराखेको ठाउँ जुगल गाउँपलिका वडा नं १ बाँसखर्कमा पुगि १५६ थान सिरक बितरण गरेको हो।

वडा नं २ का वडाध्यक्ष प्रताप सिं तामाङको उपस्थितिमा भएको उक्त कार्यक्रममा काठमाडौ सम्पर्क समितिका अध्यक्ष बिकल्प लामा घिसिङ, सचिब निशान वाइबा र भुतपुर्व केन्द्रिय जनसम्पर्क सचिब ज्ञानु तामाङ सहभागि रहेका थिए।

Comments

comments