भक्तपुर । अमेरिकाबाट पठाएको सहयोग दुबै मृगौला पीडित सुकलाल तामाङलाई रु. ३ लाख रुपैयाँ नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन कुमाार  वलद्वारा  हस्तान्तरण गरिएको छ।

रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडा न २ का वर्ष ३५ को सुकलाल तामाङको दुबै मृगौला फेल भई हाल मानव अंग प्रत्यारोपण अस्पताल भक्तपुरमा उपचार भइरहेका छन् ।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दे आएका समाजिक अभियान्त अशोक योञ्जनको नेतृत्वमा संकलित उक्त सहयोग रकम माउन्टेन मल्टिपल कन्सल्सटेन्सी प्रालि सुर्यविनायक भक्तपुरमा एक विशेष कार्यक्रम गरि हस्तान्तरण गरेको हो।अशोक योञ्जन

पीडितलाई सहयोग गर्नुहुने महान सहयोगी हृदयका धनी सहयोगी महानुभावहरु, अमेरिकन डलर शिल्पा थिङ वाइवा१०१,मानछिरिङ तामाङ५१, यम मोक्तान५१,सुरेश लोप्चन तामाङ५१ ,धावा लामा१०१,बाबू योञ्जन२५०, अनिता मोक्तान ४५,पुस्कार थोकर तामाङ१०१, साङ्गे लामा१५०,भैकुण्ठ कार्की ५१,च्याङवा जिम्बा५५,राजकुमार प्रधान१०१ ,पेम्बा शेर्पा१०१,कोल्गो इरक४०, सुमित्रा योञ्जन५० ,पेम्बा थोक्पे१००, पेमा योञ्जन५० ,दिपेन्द्र राज घिसिङ १०१,पवन योञ्जन५१ ,क्रिस लोप्चन ५१,जोन लामा ११०, तामुस्यो अनु ५१,सोनाम ५५,भिम सि तामाङ५१ ,प्रानिता थोकर५०, अशोक योञ्जन६०८.७६ गरि जम्मा २५७७.७६ (अमेरिकन डलर )रकम नेपालीमा रु ३ लाख रुपैयाँ पठाएको थियो ।

सो सहयोग रकम हस्तान्तरण गर्दै आफुले दुख गरेर यसरी पीडितलाई सहयोग गर्नुभएकोमा सम्पूर्ण सहयोगी मनहरुलाई महासचिव प्रविन वलले धन्यवाद व्यक्त गरेका थिए।

Comments

comments