काठमाडौं । चलचित्र विकास बोर्डको सहकार्यमा आदिवासी जनजाति चलचित्र महासंघद्वारा आदिवासी जनजाति चलचित्रकर्मीलाई अार्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

काठमाडौं बानेश्वर स्थित आदिवासी जनजाति चलचित्र महासंघका कार्यालयमा एक विशेष कार्यक्रम गरि कोभिड १९ को कारण लामो समयदेखि लकडाउनले चलचित्रकर्मीहरु पनि निकै समस्या परेका छन् ।समस्यामा परेका चलचित्र कर्मीहरु ६३ जना चलचित्रकर्मीलाई प्रतिव्यक्ति रु ५ हजार रुपैयाँ नगद रकम वितरण गरेका हो।

चलचित्रकर्मीले आफु पीडामा रहेर पनि दुनियाँलाई हाँसाउनु पर्नेछ त्यसैले चलचित्रकर्मीहरु लाई बचाउनु पर्छ ।चलचित्रकर्मी बाँच्नु भनेकै आदिवासी चलचित्र बचाउनु हो भन्दै उक्त आर्थिक राहत दिएको अादिवासी जनजाति महासंघका उपाध्यक्ष एवं तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले बताउनुभयो।

Comments

comments