समाजवादी लक्ष्य पूरा गर्न एकताबद्ध भई अगाडि बढ्न अध्यक्ष प्रचण्डको आव्हान
२९ कार्तिक २०७७
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बसेको सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
प्रतिवेदनमा कोरोना नियन्त्रणमा सरकार असफल हुनुको कारण सरकार सञ्चालनको शैली गलत भएको उनको आरोप छ । कम्युनिस्ट सरकारको समयमा पनि समाजवाद उन्मुख र जनताको सरकार हुन नसकेको उनको टिप्पणी छ ।
प्रतिवेदनमा प्रचण्डले पार्टीमा अहिले देखिएको समस्याको प्रमुख जिम्मेवार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भएको टिप्पणी गरेका छन् ।
वस्तुतः, अन्ततः र मुख्यतः पार्टी र सरकारको उपरोक्त स्थितिका लागि पार्टी र सरकार दुवैको मुख्य नेतृत्वमा रहेका कमरेड केपी शर्मा ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेको प्रतिवदनमा उल्लेख छ ।
वैचारिक–राजनैतिक प्रश्नदेखि पार्टी र संगठनात्मक विधि, पद्धति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयहरुको निरन्तर अतिक्रमणद्वारा केपी शर्मा ओली चरम व्यक्तिवादी भएको आरोप प्रतिवेदनमा लगाइएको छ । प्रतिवेदनमा पार्टीलाई गुटवादी सावित गर्ने काम प्रधानमन्त्री ओलीले गरेको उल्लेख छ ।
‘विद्यमान यो प्रवृतिको व्यापक चिरफार पार्टी आन्दोलन र देशकै निमित्त आवश्यक हुन गएको छ’ दाहालको प्रतिवेदनमा भनिएको छ, ‘यो कुनै व्यक्तिगत आग्रह पूर्वाग्रहको कुरा होइन । अपितु पार्टी निर्माण र देश निर्माणको अनिवार्य सर्त हो ।’
प्रतिवेदनको पूर्णपाठः

Comments

comments