सुनिता दोङ तामाङ
९ मंसिर २०७७
कुर्दिस्तान । वैदेशिक रोजगारको शिलशिलामा इराकको कुर्दिस्तान पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ । घरेलु कामदारका रुपमा कार्यरत रुकुमकी ४० वर्षीय श्यामा शाहको २२ नोभेम्बर आइतबारका दिन मृत्यु भएको हो ।
शाहलाई आइतबार बिहान १० बजे एक्कासी पेट र छाती दुखेपछि स्थानीय अस्पतालमा लगिएको थियो । अस्पताल पुगेको केही बेरमै उनलाई अस्पातालले मृत घोषणा गरेको थियो ।
मृतक श्यामाकै साथमा पहिला काम गर्ने अर्की एक नेपाली महिलाका अनुसार उनलाई पहिलादेखि नै छाती र पेट दुख्ने अनि एक्कासि ढल्ने समस्या थियो । यही रोगका कारण उनी एक पटक गम्भीर अवस्थामा समेत पुगेको उनले बताइन् । नेपालमा रहेका परिवारलाई उनको मृत्युबारे जानकारी गराइ सकिएको छ ।

Comments

comments