बैशाख १०, बनेपा/राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको दोस्रो जिल्ला अधिवेशनले कलाकार÷निर्देशक तथा गीतकार अमरकृष्ण चन्दलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

सोमबार सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनले चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनमा प्रमुख अतिथि सापकोटा, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय महासचिव श्याम धिताल, सचिव गोविन्द दुलाल, गायक हरि कर्माचार्य लगायतले नेपाली कला क्षेत्र तथा सांगीतीक क्षेत्रका समसामयिक समस्या तथा चुनौती बारे आ–आफ्ना धारणा राखेका थिए ।

निर्वाचित कार्यसमितका सदस्यहरुमा उपाध्यक्ष विक्रम गौतम, सचिव दिनेश लामा, सह सचिव सावित्री राना, कोषाध्यक्ष सविता ढुङ्गाना, सह कोषाध्यक्ष शर्मिला लामा रहेका छन् । त्यसैगरि सदस्यहरुमा रश्मी तामाङ, अनिसा तामाङ, संकल्प तामाङ थिङ रहेका छन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष विशाल थिङले नवनिर्वाचित अध्यक्ष चन्दलाई पदभार हस्तान्तरण गरेका थिए भने केन्द्रिय सचिव गोविन्द दुलालले नयाँ कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । कार्यक्रमको सहजिकरण केन्द्रिय सदस्य शर्मिला श्रेष्ठले गरेका थिए ।

Comments

comments