पनौती नगरपालिकाको अनुसुची-१ सातौं नगरसभामा प्रमख श्री भीम न्यौपानेद्धारा प्रस्तुत पनौती नगरपालिकाको आ.व. ०७७/०७८ को नीति तथा कार्यक्रम सम्बन्धी वक्तब्य

नगर सभा सदस्यज्यूहरु, पत्रकार मित्रहरु, कर्मचारी साथीहरु तथा उपस्थित अन्य महिला तथा सज्जनवृन्द,
आज हामी ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक महत्व र गरिमा बोकेको प्राकृतिक रुपमा सुन्दर पनौती नगरपालिकाको सातौं नगरसभामा उपस्थित छौं, यस सुखद अवसरमा यहाँहरुलाईहार्दिक स्वागत अभिवादन व्यक्त गर्दछु।

संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको सपना साकार पार्न आफ्नो अमुल्य जीवन आहुती दिने शहीद सगुन लगायत सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु।

समग्र पनौती निर्माणको यात्रामा प्रत्यक्ष परोक्ष योगदान गर्नुहुने, हामीले उठाएका कदम प्रति ऐक्यवद्धता जाहेर गर्नुहुने सम्बद्ध सबैमा आभार व्यक्त गर्दछु।

हाम्रा सामु विकासको अनन्तता छन्, हाम्रा समय र श्रोतको सीमाले हामीलाई स्वतन्त्र बन्नवाट खवरदारी गरिरहँदा समेत नगरवासीसँगको सामिप्यताले अभाव र छटपटिको अनूभुतिलाई भावनात्मकता मिसाउने मात्र नभई भौतिक परिवर्तनको महसुस गराउने तर्फको प्रतिवद्धता पुरा गर्न देखिने चूनौती त्यति सहज छैनन्।

उपलब्ध श्रोत र साधनलाई सन्तुलित वितरणको प्रयासमा जाग्दो भोक मेटिन सायदै कठिन छ तथापी सवै छेउकुना हामी र हाम्रो दायित्वको घेरा हो भन्नमा कञ्जुस्याई नगर्दा क्रमशः भेग भुगोल भावना र सपना साटिन अधिर बन्नु पर्दैन।

अनपेक्षित रुपमा विकास हुने अस्वभाविक परिवेश होस या सामान्य अवस्था यो सवैको सामना हाम्रो प्रथम दायित्व हुन। जुन सपथको गहुँगो भारी उठाउँदाका बखत संकल्पित थिए। अपठयारो, अभाव र कष्ट वीच चाहिने स्रोतसाधन, विचार वा नेतृत्व त्यहि परिवेशबाट उम्कने कुराले हामी स्वयंलाई शान्ति मिल्दैन।

उपस्थिति मात्रैको अपेक्षामा अभिभावकत्वको अनुभुति खोज्नेलाई त्यहि वलियो सहारा वन्न सक्छ, त्यसैले त मर्दापर्दा छिमेक या साथी सरकारको पर्यायका रुपमा हामीलाई वुझ्ने गर्छन । भएका र हुने कामको नीतिगत र श्रोतगत व्यवस्थापन गर्नको लागि गम्भीर छलफल र वहस गर्ने थलोमा हाम्रो उपस्थिति पछिको सातौ पटकमा हामी छौ । यस पूर्वका सभामा व्यक्त भावना विचारलाई ग्रहण गर्दै कयाकलापको सुव्यवस्थापन गर्ने र प्रपञ्च मिलाउने दायित्व हानै हुन।

हिउँदे सभा ०७६/९/२५ र २६ का दिन यसै कक्षमा सम्पन्न भएको, त्यस अवधि वीच केहि महत्वपूर्ण उपलब्धिलाई त्यसै वखत चर्चा गर्दै समीक्षा गरिएको थियो। उप्रान्त दिन त्यति सुखद र सहज नहुँदा हासिल उपलब्धिको प्रतिशत बढदो भन्दा वढी स्थिर हुन पुग्यो।

मलाई थाहा छ हामी एकलै छैनौं, सहकार्य र समन्वयको संस्कार, परम्परा र मान्यता रही आएको छ जसलाई हामीले ब्यवहारतः पछ्याइरहेका छौं । परिणाम क्रमशः प्राप्ती उन्मुख छन् । पछिल्ला दिन नेपाल सरकार र प्रदेश सरकारको योजनागत उपस्थितिले हामीलाई हौसला प्रदान गरेको छ। हामी दुवै सरकार प्रति आभारी छौं।

२०७६/१२/३ को मानेश्वरी वसपार्कमा ज्यान जाने गरि भएको दुर्घटनाले सृजित दु:खद परिस्थिति सहज वनिरहँदा कोभिड १९ को प्रभाव, वन्दावन्दीको प्रारम्भले हाम्रा विकास यात्राक्रम प्रभावित हुन पुगे। उक्त दुर्घटना प्रति हामी जिम्मेवार नरहेपनि जिम्मेवारी लिनुपर्ने अहं दायित्व हाम्रा वीच थिए र छन्।

विकासको उत्कट अभिलाषाले सुदुर भविष्य नियाल्दै आफ्ना वसोवास स्थान, घर, आँगन, सिंढी पिंढी जग्गा जमिनलाई विकासको मूल प्रवाहमा मिसाई सहयोग, साथ, समर्थन र नगरको विकास अभियानमा ऐक्यवद्धता जाहेर गर्ने सम्बद्ध सवै प्रति उच्च सम्मान ब्यक्त गर्दछु।

विकासका वाधक श्रोत र साधन मात्र नभएर चरम स्वार्थको साँघुरो घेरा हो भने साधक सकारात्मक सोच र चिन्तन सहितको विहंगम दृष्टि हो, जसले रुपान्तरण गराउँदछ। यसैले भन्न सकिन्छ कि हामी क्रमशः सकारात्मकता तर्फ उन्मूख छौं।

मानव सभ्यतामाथि नै धावा वोल्दै गरेको विश्वव्यापी महामारी COVID-19 र त्यसको संन्त्रासवाट भिन्न गराउन भएका वन्दावन्दी हामी सवैका लागी कष्टकर रहे, विगतका प्रयोग र अभ्यास समयको अनुकुलताले चैत्र, वैशाख, जेष्ठ भौतिक प्रगतिको मुख्य समय वनि रहँदा सोही समयको असहजताले हामी सवैलाई स्वास्थ्यको संरक्षणमा वढी केन्द्रित हुन बाध्यात्मक परिस्थिति सृजना भई सोही कार्यतर्फ प्रेरित भई प्रयास र पहल कदमीहरु चालिए। आर्थिक उपार्जन सन्य प्राय: हने स्वास्थ्य संरक्षणलाई सर्तकता पर्वक उभ्याउनपर्ने अवस्था र विषमतालाई सन्तुलन कायम गर्नपरेको चूनौतीले सिक्दै सिकाउँदै सोसँग सम्बन्धित विभिन्न गतिविधिहरु गरिए। यसैको महत्वपूर्ण कार्य राहत सहयोग संकलन केन्द्र (फुड बैंक ) को अवधारणाले एकद्वार प्रणाली मार्फत सहयोग संकलन र वितरण हुन सक्दा एकरुपता र नियमितताको अनुभुति भएको छ। जोखिमपूर्ण अवस्थामा फूड बैंक संचालन हुनुमा सम्वन्धित सवै वडाहरुको कृयाशिलता मननिय र प्रशंसा योग्य छ।

रोग विरुद्ध र व्यवस्थापनकालागि भएका औसधिमूलो, सावधानी, सर्तकता, सचेतना क्वारेन्टाइन संचालन र यसको व्यवस्थापन यस अवस्थाका श्रेष्ठ कर्म हुन । सर्वत्र पिडा दिइ रहेको कोरोना भाइरसका अलावा जेष्ठ १४ गतेको अविरल रुपमा वर्सिएको असिना पानीले वाली

विरुवामा देखिएका अमेरिकी फौजी किरा हाम्रा लागि थप विपद वन्न पुगे । यसको तत्काल राहत व्यवस्थापन गर्न भौतिक क्षति लगायत वाली विरुवाको क्षति यकिन गरी गरिएको तत्कालिन राहत घोषणाले पीडित वर्गलाई सान्वना मिलेको ठान्दछौं । अहोरात्र खट्दै विवरण यकिन गर्ने, सत्यापन गर्ने सवै तहका कार्यदलहरु धन्यवादका पात्र हुनुहुन्छ।

विपत्ति कुन समय आउँछ, कस्तो र कहाँवाट आउँछ भन्ने कुरा सामान्य हेक्का त होला तर जुनै समय म तयार छु सामनाका लागि भन्ने भाव विर्सिए अनिष्ट भोग्नुको विकल्प छैन । खोलानालाका प्राकृतिक वहावमा देखिएका कतिपय संकुचनले थप क्षति भएको तर्फ हामी सवैको दष्टि परेकै छ। आगामी समय त्यस्तो वातावरण विरुद्धको कदम उठाउन अति जरुरी देखिएको छ।

उपलब्ध श्रोत र साधनको अधिकतम सदुपयोग गरि सन्तुष्टिको मात्रा वृद्धि गर्दै खण्डित वण्डित नभइ एकत्र भएर सहभागीता खोज्ने विषयले प्रधानता पाउँदा विकासले थप द्रुतता प्राप्त गर्ने कुरामा कसैले कुनै शंका नगरौं। आज नदेखेको सपना, संभावना र आवश्यकता भोलीका लागि अवश्य आवश्यक छ । दुरद्रष्टा वन्न सकौं । संकुचन र संकोचले हालका प्रयासलाई निरर्थक बनाउन खोजिए भविष्य अस्तव्यस्त र अन्यौलग्रस्त हनेमा सन्देह गर्नपरोइन। मेरो र म मात्रको उपस्थिति र सहभागीतालाई हामी र हाम्रो भन्ने तर्फ रुपान्तरण गर्नसकिए मर्ततापर्ण परिवर्तनको संभावना संघारमा अवश्य आउन सक्नेछ । अन्यथा पिरोलिनु, एक्लिनु, आत्मरतिमा रमाउनुको विकल्प नहोला । जित्न त लडाईं यदाकदा एक्लैले पनि जितिएला तर प्रत्याक्रमणको सामना गर्नपरे के गर्ने साजवाज, वन्दोबस्ती कत्तिको छ, वातावरण त्यसको निम्ती उपयुक्त छ छैन खटयाउन पनि जरुरी छ। यसो नहँदा प्राप्ती भनिएको गर्विलो वस्त हातबाट उम्कँदा पोल्टो समेत रित्तिन के बेर । यस मानेमा हाम्रा प्रयास, पहलकदमी र सहभागीता सुझवुझपूर्ण हुन सक्नुपर्दछ। अधिकारको कानूनी व्यवस्थालाई फर्काएर कर्तव्यको व्यवस्था के छ भन्ने तर्फ घोत्लिने हो भने सुद्दिकरणको यात्रामा सहजता प्राप्त हुनेमा हाम्रो भरोसा छ।

विषम विपदको डरलाग्दो समयमा यसको व्यवस्थापनलाईसहयोग पुयाउन सहृदयी मनका सहयोग प्रशंसनीय छन। हामी वहाँहरुको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै धन्यवाद दिन चाहान्छौ । यसै क्षण यसको समग्र संचालन, व्यवस्थापन, वितरण, उपचार, रेखदेख लगायत क्वारेन्टाइनमा खटिने, संलग्नहुने, सद्भाव राख्ने स्वास्थ्यकर्मी गैह्र स्वास्थ्यकर्मी, राजनीतिकर्मी, सुरक्षाकर्मी, सामाजिक अभियन्ता लगायत सवैमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौ।

हामी विपत्तिको सामना गर्ने सामर्थ्य निर्माणका लागि हाम्रो सीमालाई वढाई व्यवस्थित गर्न पूर्ण प्रतिवद्ध छौ। यस पवित्र कर्ममा ऐक्यवद्ध रहन आम नगरवासीमा समेत आग्रह गर्दछौ । विपद नचाहाँदा नचाहाँदै पनि आउने, व्यक्तिको सीमामा या अधिनमा नरहने हुँदा यसवाट प्रभावितलाई प्रेम सद्धभाव र सहिष्णु भएर व्यवहार गरौ। उच्च मानवीय व्यवहार प्रदर्शन गरौ । हामी जित्छौ विपदलाई, हामी जित्छौ अभाव छटपटी र पछौटेपनलाई।

हाम्रो वजेट यस वर्ष अन्तर्राष्टियकरण भईरहेको समस्यावाट मुक्त या अछुतो छैन्। आर्थिक गतिविधि शून्य प्रायः जोखिमको वढ्दो दर, सावधानी र सतर्कतामा खर्चिनु पर्ने मानव पूजी र वित्तिय स्रोतले थप नव प्रवर्तनात्मक कार्यभन्दा सामु आइपरेका जटिलता पार गर्दै सुरक्षा र संरक्षणमा ध्यान पुऱ्याउनु स्वभाविकै हो । यस अवस्थाले वजेटको आकार र स्वरुप प्रभावित मात्र भएन । कार्यान्वयन फितलो हुन पुगी भौतिक तथा वित्तिय प्रगतिको हासिल उपलब्धी तुलनात्मक तवरले कमजोर देखियो। यीनै सन्दर्भले वजेट प्राथमिकता निर्धारणको आधार तय गर्दा ०७८ को मकरमेला विशेष, कोभिड 19 को संक्रमण, नियन्त्रण तथा व्यवस्थापन, संपदा संरक्षण जस्ता विषयले प्राथमिकता प्राप्त गर्नेछन्।

हाम्रा यिनै सातौ नगर सभासम्मको यात्रामा सहभागी हुनहुने जनप्रतिनिधिहरु, कर्मचारी साथीहरु, पत्रकार मित्रहरु लगायत सहयोग सदभाव पुऱ्याउने राजनीतिक सामाजिक व्यक्तित्व, संघ संस्था, नागरिक समाज सवैप्रति हार्दिक धन्यवाद ।

केही उल्लेख्य उपलब्धीहरु :
हामीलाई थाहा छ जनताका असिमित चाहाना र आकाँक्षाहरु रहेका छन् । सिमित श्रोत र साधनको वावजुद पनि तीनलाई प्राथमिकतामा राखी पुरा गर्ने हाम्रो इमान्दार प्रयास, प्रयत्न र पहलकदमी हुने कुरा यहाँहरुलाई म विश्वस्त तुल्याउन चाहान्छ । हाम्रो स्थानीय सरकार गठन पश्चात नै समयमै योजनाहरु सम्पन्न गर्ने, राज्यले लिएको सम्बृद्ध नेपाल सुखी नेपालीको नारालाई पुरा गर्न विभिन्न गौरवका आयोजनाहरु संचालन भएका छन् । क्षेत्रिय रंगशालाको जग्गा प्राप्तिको विषय अझै निष्कर्षमा पुगिनसकेको परिवेशमा हामीले कानूनी पहलकदमी र आपसी संवाद दवै ढोकालाई खल्ला राख्दै सो को निम्ति प्रयास, पहलकदमी र प्रयत्न निरन्तर जारी नै छ। यस अवधिमा हँदै गरेका केही उल्लेख्य कार्यहरुलाई संक्षेपमा चर्चा गर्दछु।

काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजना सम्पन्नताको चरणमा छ । आगामी आ.व.को प्रथम चौमासिक अवधि भित्र खानेपानी वितरण हुने कुरामा विश्वास दिलाउन चाहान्छु। – पनौती वडा नं २, ३, ८ र १२ का केही भाग समेटिन सक्नेगरि ढल र ढल प्रशोधन केन्द्र निर्माणको DPR को प्रारम्भिक प्रतिवेदन तयार भएको छ। उक्त प्रतिवेदनको प्रभावकारी कार्यान्वयनमा ठूलो धनराशी खर्च हुने देखिएको हुँदा यसमा विभिन्न संस्थाहरुसँग समन्वय र सहकार्य गरिने छ।

– पनौतीमा हलिनेवा गुठीको साधारण सभा सम्पन्न भई नेवार समुदायको गौरवपूर्ण सांस्कृतिक पहिचानलाई ब्यापक वनाउन मद्दत
पुगेको छ।

– पर्यटन प्रवर्द्धन सम्बन्धि विभिन्न नगरपालिका विच संयुक्त छलफल कार्यक्रमहरु सम्पन्न भएका छन् । सुर्य विनायक, महालक्ष्मी न.पा.समेतको विशेष उपस्थितिमा यस क्षेत्रको एकिकृत पर्यटन प्रवर्द्धन कार्य अगाडी बढाउने सोच बनाइएको छ।

– आर्थिक गतिविधि शुन्य हुँदा होटल पसल, व्यवसाय, पाहुनाको आवतजावत पूर्ण प्रभावित भएकोले नेपाल सरकारले घोषणा गरेकोपर्यटन वर्ष २०२० स्वतः पर धकेलिदा हाम्रा छिटफुट प्रयास अगाडी वढे ।

नगरपालिकाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक चिनारीका व्रोसर लगायतका प्रचार सामाग्रीहरु प्रकाशित भएका छन्। – यस नगरको समग्र परिचय झल्किने गरि नगर गान तयार भएको छ । यस गीतले पनौती बाहिर हाम्रो पनौतीको परिचयलाई थप उजागर गनेछ। – हाम्रा विगतका प्रयास र प्रयत्नले सार्थकता प्राप्त गर्दै उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय, वागमती प्रदेश मार्फत लामाडोल क्षेत्र उद्योग ग्राम निर्माणका लागि प्रारम्भिक  वातावरणिय परिक्षण कार्य अन्तिम चरणमा पुगेको छ । आशा छ, आगामी आ.व.भित्र यस सम्बन्धि निर्माण कार्यले मर्तता पाउने छ। – एकिकृत शहरी विकास योजना तर्जुमाको कार्यअघि वढी सकेको छ । जसले आगामी आ.व.को प्रारम्भमा हामीलाई थप सामाग्री दिन सक्नेछ।

– यस नगरपालिका क्षेत्रभित्रको पनौतीको साँस्कृतिक महत्वको पुरानो वस्ती पुनरोत्थान योजना तर्जुमा सम्बन्धि कार्य बागमती प्रदेश शहरी विकास तथा भवन कार्यालय मार्फत अघि वढिरहेको छ। यस कार्यको सम्पन्नता पश्चात सम्पदा संरक्षण कार्यमा महत्वपूर्ण सहयोग पुग्नेछ।

– यस नगरपालिकालाई मानव अधिकार तथा न्यायमैत्री नगर निर्माण गर्न हाम्रा प्रयास र पहलकदमी स्वरुप दिगो विकास लक्ष्य १६ प्लस स्थानीकरण सम्बन्धि कार्यक्रम कार्यान्वयनका सिलसिलामा आवश्यक सहजीकरण एवं दस्तावेजीकरण गर्न महत्वपूर्ण सहयोग गरि यस कार्यलाई पूर्णता तर्फ उन्मुख गराउन दीगो विकासको लागि राष्टिय अभियान नेपाललाई धन्यवाद दिदै पटक पटकको छलफल र अतक्रियावाट निचोडका रुपमा प्राप्त मानव अधिकार तथा न्यायमैत्री नगर घोषणापत्र घोषणाका लागि सभामा प्रस्तुत हुने नै छ।

– यस नगरपालिकालाई पूर्वाधार सुविधायुक्त बनाउन सेवा केन्द्रको ब्यवस्थापन महत्वपूर्ण देखिंदा वडा नं ३ र ४ को लागि छुट्टाछट्टै भवन निर्माण भइरहेको छ, यी भवनको सम्पन्नता पश्चात यसवाट सहज रुपमा सेवा प्रवाह हुनेछ।

– वडा नं. ५ को शारदा प्रा.वि.रहेको स्थानमा प्रदेश सरकारवाट सुविधायुक्त प्रदेशस्तरीय वाल अधिकार संरक्षण केन्द्रको भवन निर्माण सम्बन्धि कार्य अघी वढ्दैछ । भवनको पूर्णताले प्रदेशस्तरीय सम्पर्क सम्बन्धलाई थप मजबुद बनाउन, पनौतीको चिनारी अन्यत्र पठाउन सहयोग पुग्नेछ।

अन्य गतिविधिहरु :
कुशादेवी पनौती सुनथान शंखु सडक खण्डको स्तरवृद्धि कार्य भैरहेको।

पनौती वनेपा सडकको स्तरोन्नती भैरहेको । ? पनौती खोपासी सडक स्तरोन्नती भैरहेको। ? शहरी स्वास्थ्यकेन्द्र दलिन्चोक र अन्टेटार (कुशादेवी) निर्माणाधिन अवस्थामा रहेको।

 वडा नं १ स्थित शहीद पार्कको निर्माण तिव्रतर रुपमा भइरहेको।

वडा नं ३ को मोठस्थित चिल्डेन पार्कनिर्माण। ? भुमिडाँडा, स्वास्थ्यचौकी भवन निर्माण कार्य सुरु भएको।

ख्याकु, वल्थली कामीडाँडा सडक निर्माण कार्य भैरहेको।

लज्जावती शहीद पार्क सम्पन्नता तर्फ उन्मुख रहेको। ? कपालकोट पिकनिक स्पोट निर्माणाधीन अबस्थामा रहेको।

नगर सभा सदस्यज्यूहरु,
सवै वडा कार्यालयसम्म पुग्ने सडकको सहज पहुँच, शिक्षा क्षेत्रमा व्यापक सुधार र शिक्षालाई प्रतिष्पर्धी एवं गुणस्तरीय वनाउन आवश्यक प्रयत्नहरु गर्नुपर्नेछ भने नगरपालिकासँगै हरेक वडाहरुबाट जनताले सहज रुपमा सेवा पाउन सकुन भन्ने अभिप्रायले वडा कार्यालयहरुको उचित व्यवस्थापन गर्नु पनि उत्तिकै जरुरी भएकोले सदा झै त्यस तर्फ पनि यस वर्ष हाम्रो ध्यान गएको छ ।

नगरले विनियोजन गरेको वजेटवाट समयमै काम सम्पन्न भए नभएको कुराको निगरानीमा जनतालाई चनाखो बनाउन पर्ने हाम्रो दायित्व हो भन्नेमा म विश्वस्त छ । स्थानीयवासीहरुको सक्रियता र सहकार्यमा मात्र विनियोजित वजेट अन्तर्गतका कार्यहरुले गति लिन सक्ने भएकोले नगरवासीहरुको सदा साथ, समर्थन, सहयोग, सहकार्य र आवश्यक खवरदारीको निम्ती म गौरवमय सभा मार्फत सम्बद्ध सवैमा अपिल गर्न चाहान्छु।

नगर सभा सदस्यज्यूहरु, अब म आगामी वर्षको निम्ति गर्नुपर्ने कार्यको सन्दर्भमा हाम्रा नीतिगत व्यवस्थाको बारेमा उल्लेख गर्न चाहान्छु। सकारात्मक परिवर्तनका लागि युवा भन्ने नारालाई आत्मसाथ गर्दै विकास निर्माण, सचेतना, उद्यम र उद्यमशिलतालाई व्यवस्थित वनाँउदै नव प्रवर्तनकारी भूमिका वढाउन नगर युवा परिषद गठन र परिचालन गर्ने व्यवस्था मिलाइनेछ।

  • महिला शसक्तिकरणका लागि नगरस्तरीय महिला सञ्जाल गठन र परिचालन गरिनेछ। • ज्येष्ठ नागरिकको लामो ज्ञान, सीप र अनुभवलाई समुन्नत समाजको निर्माणमा खर्च गर्ने व्यवस्था मिलाउन ज्येष्ठ नागरिक मञ्च गठन गरिनेछ।

  •  एकल महिला, वालवालिका र अपांगका क्षेत्रमा काम गर्ने गरि तत् तत् क्षेत्रमा गठन भएका समितिहरुको भूमिकालाई थप क्रियाशिल बनाइनेछ।

  • संघीय लोकतान्त्रिक गणतंत्र प्राप्तीका निम्ति अभूतपूर्व समयमा आफ्नो प्राणको उत्सर्ग गर्नुहुने शहीद, वेपत्ता परिवार एवं घाइते तथा अपांगता भएका व्यक्ति तथा परिवारलाई स्वास्थ्य उपचार सीप क्षमता अभिवद्धि र रोजगारी लगायतका कार्यक्रममा संलग्न गराउने गरि प्राथमिकता दिने नीति अवलम्बन गरिनेछ।

  • द्वन्द्वपीडित लगायत अपांगता भएका व्यक्तिका लागि नेपाल सरकार एवं प्रदेश सरकारले अख्तियार गर्ने नीतिसँग मेल खाने गरि उपलब्ध श्रोत परिचालन गर्दै संरक्षण तथा जीवन निर्वाहको लागि उपयुक्त कार्यक्रम संचालन गरिनेछ।

  • सरकारी स्वामित्वमा रहेका एम्बुलेन्सहरुलाई नगरपालिकाको पूर्ण व्यवस्थापनमा थप प्रभावकारी हुने गरि संचालन गर्ने ब्यवस्था मिलाइनेछ ।

  • नगर खेलकुद विकास समिती गठन गरि विकास, अनुशासन र गतिशिलताका लागि खेलजन्य गतिविधिहरु संचालन गरि युवाहरुलाई संगठित र सक्रिय बनाइनेछ।

  •  ब्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा प्रणालीको सवलीकरणसंग प्रत्यक्ष जोडिने वाल विवाह विरुद्धको अभियान, वालमैत्री प्रोत्साहन कार्यक्रम, अपांगता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पूर्नस्थापना कार्यक्रम सञ्चालन गर्ने ब्यवस्था मिलाइनेछ।

  • समानताको आधार भूमिमा महिला किसानको अधिकार, कृषियोग्य भूमीको संरक्षण, भूमिहिन र अव्यवस्थित वसोवासीका लागि भूमि अधिकारको सुनिश्चितताका लागि कानूनी अधिकारक्षेत्र भित्र रही आवश्यक प्रवन्ध मिलाउन आवश्यक गृहकार्य गरिनेछ।

  • नगरपालिकाले लागु गरेका पूर्ववत नीतिहरुलाई निरन्तरता दिइनेछ।

सभासदज्यूहरु,

मकर मेला ब्यवस्थापन :

पनौतीको महत्वपूर्ण पहिचान जसले जिल्ला र मुलुक समेतको चिनारीमा थप मद्दद पुऱ्याउँदै आएकोछ । ऐतिहासिक धार्मिक एवं साँस्कृतिक महत्वको १२ बर्षे मकर मेला आगामी ०७८ माघमा सम्पन्न गर्नुपर्ने दायित्व हाम्रा सामु छन्। उत्तर प्रयाग सचीतीर्थ जस्ता उपमाले बिभुसित हाम्रो त्रिवेणीघाट क्षेत्र र यसलाई सुन्दर बनाउने इन्द्रेश्वर महादेवको वैभवशाली उपस्थितिले हाम्रा प्रयास र प्रयत्नलाई कमी हुन दिदैनन, चालु बर्षमा सृजित बिशेष बिषय परिस्थितिले योजनाको मूर्तता पूर्ण कार्यान्वयनमा केहि शिथिलता देखिएता पनि हाम्रा अभिभाराहरु जिम्मेवार पूर्णछन जसको कार्यान्वयनका लागि निम्न योजना प्रस्ताव गरिएको छ। १.१०१ सदस्यीय मूल ब्यवस्थापन समिति गठन गर्नेर सो समिति अन्तर्गत क) पूजा आजा (जात्रा पर्वमार्फत) ख) प्रदर्शनी ग) यातायात घ) सर सफाई ङ) सांस्कृतिक च) प्रचार-प्रसार छ) सूचना तथा खोज उद्धार ज) सजावट झ) स्वास्थ्य ञ) स्वयं सेवक परिचालन

२. नयाँ निर्माण तर्फ:

• रोशी खोला तर्फ सिंढि निर्माण

• रोशी खोला तर्फ ४ स्थानमा चेक ड्याम निर्माण • रोशी खोला तर्फ रहेको पक्की शौचालय मर्मत सुधार

• त्रिवेणीघाट कज्वे मुनि अस्थायी शौचालय निर्माण

मानेश्वरी बसपार्कक्षेत्र शौचालय निर्माण

• क्षतिग्रस्त त्रिवेणीघाट पैदलयात्री पक्की पुल, संकटा जाने पुल र कोखुशी पुलको पूनः निर्माण

३. सूचना प्रवाह र प्रचार प्रसार
– पनौतीवाट चल्ने सवैसार्वजनिक यातायातका साधनमा “Visit Maker Mela 2078 Panauti” पनौती जाऔं को स्टिकर राख्ने। O Tourism Board, NTV, HAN, TAN ठमेल, रत्नपार्क, गोंगवु वसपार्क, कलंकी, कोटेश्वर वालाजु र बनेपामा मकर मेला सम्बन्धी सचित्र रंगीन होडिंग वोर्डराख्ने। जसमा महत्व सहित ० माईलवाट पुग्न सकिने दी र यातायातका साधन समेत उल्लेख गर्ने। 0 पनौतीको धार्मिक सांस्कृतिक महत्वको गीती भिडियो बनाई पत्रकार सम्मेलन गर्ने, जुन दिन सो गितको Pen Drive वितरण गर्ने, यातायात, उ.वा. संघ, बिद्यालय, कार्यालय लगायतलाई दिने।

४. सजावट र मर्मत कार्य
. प्रत्येक मन्दिर पाटीमा रंगरोगन, झल्लर तोरण ० पर्याप्त सडक बत्ती ० ढुंगेधारा मर्मत, अन्य थप धाराहरुको व्यवस्था ० फूटपाट मर्मत तथा ऋभिबच . पुलिस पाटी र रामसीता मन्दिरको जस्ता झिकि झिंगटी राख्ने • कज्वे मुनि अस्थायी चीता बनाउने . रथहरुको आवश्यक मर्मत संभार गर्ने ।

५. सर-सफाईजन्य कार्य:
• मल्पी-लिलावती-बाँसडोल खोलामा पानी प्रवाह गर्ने

• पूण्यमाता खोलाको ढलमले क्षेत्रमा भ्यासल राखि फोहर पानी प्रशोधन केन्द्र।

• पूण्यमाता खोलाको ३ स्थानमा पानी बोरिंग गरी खोलामा प्रवाह गर्ने। . पण्यमाता ढल विस्तार योजनालाई पर्णता दिने।

• फोहोर मैला व्यवस्थापनलाई व्यवस्थित र बैज्ञानिक बनाउने।
६. अन्य विविध कार्यः क)

• तरकारी बजारका श्रेस्ता पूर्जा नभएका तर घर संरचना बनाइ वसोबास गरि आएका नागरिकलाई संरचना हटाउन र अन्यत्र लगि पूर्ननिर्माण कार्यमा सहयोग पुयाउन निश्चित रकम दिई उक्त ठाउँ खाली गर्ने र सो ठाउँमा गार्डेन सहितका क्याफे हाउसहरु निर्माण गरि खोला तफ फटपाथ निर्माण गर्ने।

• नैकिन्टारको छाला कारखाना (साविकमा) रहेको चौर, नागेचौर, खरिबोट भञ्ज्यांग, ज्यालापाटीमा अस्थायी बसपार्क बनाउने (शौचालय सहित)

• ढांडाचौर-रानीकोट सर्यबिनायक सडक।

• मानेदोभान-रानीकोट सूर्यबिनायक सडक पूर्णसंचालनमा ल्याउने ।

जाकीडोल शारदा-बी.पी. राजमार्ग सडक गोरखनाथ-दलिञ्चोक-देवीस्थान-धुलिखेल सडक पूर्णगरी हलुका सवारी साधन चल्न योग्य बनाउने। बसपार्क-पुण्यमाता पैदलयात्री पुल सडक निर्माण गर्ने पनौती बाँसडोल सडक पनौती खोपासी सडक निर्माणाधिन अवस्थामा रहेकोले शीघ्र निर्माण ब्यवस्थापनका लागि समन्वय पनौती कुशादेवी-नमोबुद्ध सडक गर्ने।

पनौती-बनेपा सडक कुशादेवी-आशापुरी साँगा सडक सवारी चल्न योग्य बनाउने।

• पुण्यमाता कोरिडोर पुरा गरी पूर्णसंचालनमा ल्याउने।

ख) प्रहरी चौकी पनौतीलाई स्तरोन्नती गरी इलाका बनाउन आवश्यक कार्य गर्ने।

ग) काभ्रे उपत्यका एकिकृत खा.पा. आयोजनाको पानी वितरण कार्य सम्पन्न गरि सकिने लक्ष्य अनुरुप उक्त आयोजनावाट अत्यावश्यक विभिन्न स्थानमा अस्थायी सार्वजनिक धारा जडान गर्ने।

घ) मल्मी ड्यामवाट मेला अवधिभर नियमित रुपले रोशी खोलामा पानी बहाउने।

ङ) खानी, खानी जन्य उत्पादन उत्खनन र पैठारीको कामलाई कम्तिमा ३ दिन अगाडी देखि मेला सम्पन्न नभए सम्म पूर्णरुपमा बन्द गर्ने।

च) मूल्यमा एक रुपता तथा बस्तु एवं सेवामा शुद्धता र स्वच्छता कायम राख्न कोशेली घर, खाजा घर, घरवास र यातायात सेवाको शुल्क / दर कायम गरी सार्वजनिक गर्ने।

छ) भिडमा छोडिएका हराएका बेखर्ची भएकालाई कम्तिमा १ दिनको बसाईका लागि भोजन सहितको आश्रय स्थल बनाउने। ज) प्राथमिक स्वास्थ्य सेवाका लागि बसपार्क र घाट क्षेत्रमा क्लिनिक संचालन गर्ने।
यसका आधारमा नगर कार्यपालिकाले आवश्यक संघ संस्था महानुभावहरु संलग्न / सहभागी/ परिचालन हुने गरी बजेट सहितको विस्तृत कार्ययोजना निर्माण गर्नेछ।

सुशासन तथा संस्थागत बिकास :

० साविककै दरवन्दीलाई अद्यावधिक गरी एकिकृत गरिएको छ।

० स्थानीय सेवामा रुपान्तरित कर्मचारीको थप उत्प्रेरणाका लागि आवश्यक अवसर र तत् सम्बन्धी बैधानिक व्यवस्था हुन सकेको देखिदैन । यसका निमित्त उपयुक्त व्यवस्था हुनु पर्नेमा त्यस तर्फ हाम्रा प्रयास र पहल कदमी निरन्तर अघि बढनेछन्।

० क्षमता बिकासका काम मध्ये केहि भए गरेको भएता पनि पर्याप्त रुपमा कार्यान्वयन हुन असाधारण परिस्थितिले गर्दा समस्या सृजना भएकोमा आगामी बर्षको लागि थप कार्यक्रमा समावेश हुनेछ।

O बाह्य जिल्लामा गई अध्ययन अवलोकनवाट प्राप्त हुने सूचना, सीप तथा ज्ञान महत्वपूर्ण हुँदाहुँदै उत्पादन मूलक क्षेत्रमा बजेटको प्राथमिकता जोडिदा केन्द्रीय नीतिमा मेल खाने गरी कर्मचारीको मनोवल उच्च बनाउन यस्ता केहि अवसरको सृजनामा ध्यान पुग्ने नै छ।

० यस अवधिमा ९ वटा कानूनहरु जारि भएका छन । नगर सभामा पेश गर्नुपर्ने गरी बजेट सँग प्रत्यक्ष जोडिएको अर्थ तथा विनियोजन बाहेकका अन्य बिद्येयकको उत्पत्ति भइ नसकेकोले कुनै कानूनको मस्यौदा पेश गर्नुपर्ने देखिएको छैन तथापी सभाको अघि पछि यस्ता कानूनको आवश्यकता महशुस भई उत्पत्ति हुन गएमा कार्यपालिकाको निर्णयका आधारमा आगामी सभामा पेश हुनेनैछ।

0 लामो समय देखि अस्थायी करारमा कार्यरत कर्मचारीहरुलाई आगामी आ.व ०७७/०७० मा कार्य सर दनका आधारमा क्रमश: म्याद थप गर्दै जाने ब्यवस्था मिलाइनेछ।

O वडा बालमैत्री सहजकर्ताको कार्य सम्पादनलाई थप प्रभावकारी र जिम्मेवारी बनाउदै निजहरुको सेवा आगामी आ.व. मा समेत निरन्तरता दिन आवश्यक व्यवस्था मिलाइनेछ।

नगर अस्पताल :

O COVID -19 ले सृजित बिषम परिस्थितिले मानव स्वास्थ्य लगायत बिकास निर्माण, रोजगारी जस्ता क्षेत्रमा पारेको प्रभावलाई सामना गर्नु प्रमुख दायित्व रहेकोले त्यस तर्फ हाम्रा प्रयासहरु बढी केन्द्रित हुनुपर्ने ठानेका छौं।

0 मौजुदा स्वास्थ्यको क्षमता विकासमा जोड दिइनेछ (साधन श्रोत पूर्वाधार, औजार उपकरण)

o आपतकालिन स्वास्थ्य सेवा सामाग्रीको भण्डारण गरिनेछ।

0 नगर क्षेत्रभित्र उपयुक्त स्थानमा न.पा.ले जग्गा ब्यवस्था गरी नेपाल सरकार तथा प्रदेश सरकार सँगको सहकार्यमा कम्तिमा १५ शैयाको नगर अस्पताल खोल्न बजेट व्यवस्था सहित यसका लागि ब्यवस्थापकिय प्राविधिक भूमिका सहित सरोकारवालाको प्रत्यक्ष सहभागीता बढाउन नगर क्षेत्रभित्रका चिकितसकको बृहत् भेला आयोजना गरिनेछ ।

श्रोत व्यवस्थापनका लागि नेपाल सरकार, प्रदेश सरकार सहित चिकित्सक, सहकारी संस्था र उ.वा. संघ लाई संस्थागत रुपमा आग्रह गरिनेछ। (चिकित्सकका हकमा पनौती नगरक्षेत्रको नागरिक, कम्तिमा MBBS उत्तीर्ण गरी NMC मा आवद्ध सहकारीका हकमा पनौती नगरक्षेत्र भित्रको स्थापनाको कम्तिमा ५ बर्ष पुरा भएको, निर्वाचन, साधारण सभा र लेखा परिक्षण नियमित भएको, उ.वा. संघका हकमा पनौती नगर क्षेत्रको, निर्वाचन भएको, साधारण सभा र ले.प. नियमित भएको जस्ता बिवरणहरु अध्यावधिक भएकालाई आधार मानिनेछ।

बजेटको सनिश्चितता र योजना संचालन :

o आगामी आ.व. ०७७/७८ का लागि प्रस्तावित हुने बजेट तथा कार्यक्रमलाई प्राथमिकता सूची निर्धारण गरि कार्यान्वयनको ब्यवस्था
मिलाइनेछ।

O चालु बर्षका लागि स्वीकृत भई आगामी आ.व.मा समेत निरन्तरताका लागि प्रस्ताव हुने अधुरा योजनालाई पहिलो प्राथमिकता दिइनछ।

० सर्वसाधारणको प्रत्यक्ष चासो चिन्ता र सहभागीता रहने उत्पादन र उपभोगलाई प्रत्यक्ष प्रभाव पर्ने योजना तथा कार्यक्रमको तत्काल प्रभावकारी कार्यान्वयनको ब्यवस्था मिलाइनेछ।

0 गौरवपूर्ण आयोजनाका रुपमा परिभासित हुने ठूला आयोजनालाई बहुबर्षिय आयोजनामा अभिलिखित गरी क्रमशः कार्यान्वयन गर्दै लगिने छ।

० स्वीकृत योजनालाई तत्काल कार्यान्वयनमा लैजान देखापरेको ढिलासुस्तिलाई न्यून गर्न परामर्शदाताका माध्यमवाट क्षेत्रगत बिज्ञता प्राप्त गरि सर्भे डिजाईन लगायत लागत ईष्टिमेट तयार गर्ने ब्यवस्था मिलाईने छ।

० योजना संचालनका लागि अत्यावश्यक प्राविधिक जनशक्ति आपूर्ति र परिचालन प्रभावकारी बनाउन भएको Cluster निर्धारणले सर्वसाधारणले तलनात्मक रुपमा बढि सविधा प्राप्त गरेकोमा यसलाई थप ब्यवस्थित गर्न उपयुक्त कार्य गरिनेछ।

O ठूला आयोजनाहरुको एकद्वार प्रणाली मार्फत DPR गर्ने ब्यवस्था मिलाइनेछ।

O ब्यवस्थित शहरी विकास कार्यक्रम मार्फत नगर सडक यातायात गुरुयोजना, Digital Profile Comprehensive Plan जस्ता कार्यलाई प्राथमिकता पूर्वक अघि बढाइनेछ।

O योजनाको प्रभावकारी अनुगमन नियमन र अभिलेखीकरणलाई थप व्यवस्थित बनाइनेछ।

कर दस्तुर छट :
विश्व व्यापी महामारीका रुपमा रहेको COVID-19 र यसले पारेको प्रभाववाट जनस्वास्थ्य एवं आर्थिक गतिविधिमा प्रत्यक्ष प्रभाव परेको छ । शून्य प्रायको आर्थिक कृयाकलापले निर्वाह मुखी परिस्थितिको समेत सामना गर्न नसकिरहेकोले दायित्व भूक्तानी गर्नुपर्ने दायित्व भएका हाम्रा नगरवासी लगायत अन्य सरोकारवालाहरुका पीरमर्का, गुनासो र अपेक्षालाई संस्थागत सामर्थ्यका आधारमा संम्पति कर, घर बहाल, आय ठेक्का, व्यवसाय कर, व्यवसाय दर्ता, नवीकरण र रोयल्टी जस्ता क्षेत्रमा दिन सकिने छूट र सहुलियतका लागि कानूनी व्यवस्था गरिनेछ।

भूमि बैंकको अवधारणा :
उत्पादनसंग जनताको जीवन जोडी स्वरोजगारी सृजना गर्ने ध्येयले नगर क्षेत्र भित्रका बाँझो जमीनलाई उपयोग गर्न भुमि बैंकका माध्यमबाट आवश्यक कार्यअघि बढाइनेछ।

बाँझो जमीनलाई वडागत एकत्र गर्ने। ? वडागत रुपमा प्राप्त जमीनको उपयोगको बारे न.पा. ले प्राविधिक रुपमा परिक्षण गर्ने। ? संभावित वाली लाग्न सक्ने वारे सम्बन्धितलाई जानकारी दिने।

जग्गा धनी स्वयं वाली लगाउन तयार भएमा प्रोत्साहित गर्ने र प्रोत्साहनका कार्यक्रम घोषणा गर्ने ।

तयार नभइ अन्यलाई खेती गर्न दिन तयार भए सहमति लिने।

वडामा रहेका भूमिहिन, गरिव परिवारलाई उक्त जग्गामा कस कसले खेती गर्न चाहन्छ सार्वजनिक सूचना मार्फत आब्हान गर्ने, प्राथमिकता वडा बासी/नगर जिल्ला हुदै मुलुकभरलाई दिने।

आफु पनि खनजोत नगर्ने अरुलाई पनि नदिनेलाई जग्गामा लाग्ने सम्पत्ति करमा उपयुक्त दरले जनिवाना लगाउने।

खेती गर्न इच्छुकलाई प्राविधिक सल्लाह बीउ बिजन, औजार उपकरण अनुदान वा सहुलियत दिने।

अनुदान वा सहुलियत दिंदा वालीको किसिम र जग्गाको क्षेत्रफलका आधारमा दिने, यस्तो कृषि बालीलाई अनिवार्य कृषि बीमा गर्ने।

बाँझो राख्नेलाई जरिवाना लगाउँदा क्षेत्रफलका आधारमा लगाउने। ? खेतीका लागि समूह, सहकारीलाई प्राथमिकता दिने।

स्वास्थ्य:
O नगरबासीको मौलिक अधिकारको रुपमा आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने कार्यलाई सुनिस्चित गरिने छ,

० नगरवासीहरुलाई बिशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न हाल संचालित स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गर्दै नगरपालिका भित्र कम्तिमा १५ सैयाको पनौती नगर अस्पताल निर्माण गरिने छ

0 आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ प्रभावकारी र गुणस्तरीय बनाउन पूर्वाधार विकास, नियमित औषधि उपकरण आपूर्तिको व्यवस्था गरिने छ

O COVID-19 लगायत महामारी जन्य सर्ने रोगहरुको रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक कार्यक्रमहरु संचालन गरिने छ साथै गुणस्तरीय क्वारेन्टाइन र आइसोलेसन वार्डको व्यवस्था गरिने छ,

O COVID -19 लगायत महामारी जन्य सरुवा रोगको रोकथाम नियन्त्रण र उपचारमा खटिने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविका र कर्मचारीहरुलाई थप प्रोत्साहित गर्दै जोखिम न्यूनीकरणका लागि आवश्यक व्यवस्था गरिने छ,

o आमा, नवशिशु, बालबालिका, जेष्ठ नागरिक, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रवर्धन गर्ने साथै नगरवासीको मोतियाविन्दुको निःशुल्क सल्यक्रिया गर्ने व्यवस्था गरिने छ, संस्थागत सुत्केरीलाइ प्रोत्साहित गर्दै जिरो होम डेलिभरी युक्त नगर बनाइने छ साथै बर्थिंग सेन्टरमा सुत्केरी हुने आमाहरुलाई थप प्रोत्साहित गरिने छ, नसर्ने (NCD) र मानसिक रोगहरुको रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक कार्य गरिने छ, नेपाल सरकारले बिपन्न नागरिकहरुलाई तोकेको कडा रोगको उपचारका लागि थप उपचार सहयोग प्रदान गरिने छ,

o स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयं सेविकाहरुको भमिकालाइ अझ प्रभावकारी बनाउन क्षमता अभिवदी कार्यक्रम संचालन गरिने

0 नगर भित्रका सबै बालबालिकाहरुलाई सबै किसिमका खोप लगाइने छ र नगरपालिकालाइ पूर्ण खोप युक्त नगर बनाइने छ,

o स्वास्थ्य सेवा प्रवाहलाइ जवाफदेही बनाउदै सबै किसिमका स्वास्थ्य संस्थाहरुको नियमन गर्ने र निजि क्षेत्र र संघ संस्थासंगको समन्वयमा स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन गरिने छ, ० नेपाल सरकार र प्रदेश सरकारबाट स्वास्थ्य क्षेत्रका लागि संचालन गर्ने कार्यक्रम र अख्तियार गरिने स्वास्थ्य नीतिलाई समन्वयात्मक तवरले अघि बढाइने छ

महिला विकास :
व्याक्तित्व विकासका नियमित अवसर गुमाएका विपन्न महिला, ज्येष्ठ नागरीक, अपाङ्गता भएका व्याक्तिहरुको बहुआयामिक सशक्तिकरणका लागि बैकल्पिक अवसर श्रजना गर्न प्रभावकारी रुपमा सेवा प्रवाह गर्न सहयोग पयाईने छ । यसका लागि

० कार्यक्रमलाई व्यवस्थित गरी सेवाग्राहीहरुको सेवा प्राप्त गर्ने अधिकारलाई सर्वसुलभ बनाइनेछ। ० सामाजिक विकास समितिको भुमिका थप व्यवस्थित बनाईने छ।

० महिला, ज्येष्ठ नागरीक, अपाङ्गता भएका व्याक्तिहरुमा हुने हिंसा, शोषण, दुर्व्यवहारबाट संरक्षण तथा उद्धारका लागि सुरक्षात्मक कोष स्थापना गरिने छ।
समुदायमा लोप हुन गईरहेको परम्परागत सीप जगेर्ना गरी स्थानिय तहमा नै आयआर्जन गर्ने अवसरको श्रृजना गरिनेछ।

० समाज निर्माणका लागि दक्ष जनशक्ति निर्माण ,स्थानिय तहमा नै सीप प्रदान गरी व्यवसायबाट आयआर्जन गर्न टेवा प्रदान गरिनेछ।

० अभियान तथा दिवसिय कार्यक्रमको माध्यमबाट अधिकार प्राप्ति तथा सचेतनाका लागि जागरुक गराईनेछ। ० बालबालिकाको कानुनी अधिकार प्राप्त तथा स्वास्थ्यमा सकारात्मक सुधार ल्याउन सचेतना बृद्धी गराईनेछ।

० समुदायका विपन्न महिलाहरुको नेतृत्व तथा क्षमता बृद्धी गराई आर्थिक, सामाजिक, सास्कृतिक, राजनैतिक विकासमा अग्रणी भुमिका निर्वाहमा सहयोग पुर्याइनेछ। समुदायमा सजग र सचेत रहनका लागि टोल टोलमा टोल विकास संस्था गठन र नागरिक सचेतना केन्दलाई प्रशिक्षण तथा
व्यवस्थापन गरिनेछ।

O अपाङ्गता भएका व्याक्तिहरुको लागि प्रवाह गरिने सेवा सुविधा, अवसर र अधिकार न्यायपुर्ण तथा प्रभावकारी बितरणमा टेवा पुर्याइनेछ। अपाङ्गता भएका व्याक्तिहरुलाई दक्ष जनशक्ति निर्माण, स्थानिय तहमा नै सीप प्रदान गरी व्यवसायबाट आयआर्जन गर्न टेवा प्रदान गरिनेछ। ० नयाँ र पुरानो पुस्ता बिच (ज्येष्ठ नागरिक र भावी पिडि) अवसर, चुनौती संभावनाको पहिचान गरि संरक्षण र भावनात्मक सहयोग प्राप्त गर्ने वातावरण निर्माण गरिनेछ।

0 मनोसामाजिक समस्या भएका व्यक्तिहरुलाई भावनात्मक सहयोग गर्दै समस्या समाधानका लागि उपाय खोज्न मद्धत गरिनेछ।

o सहकारीको माध्यमबाट समाजमा आर्थिक, सामाजिक परिवर्तनमा मद्धत मिल्नेछ।

० स्वरोजगारी सिर्जनाका लागि उद्यमशिलता र उद्यमका लागि पूँजिको अभावलाइ कम गर्न विउपूँजी परिचालनलाई बढावा दिनेछ।

० अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचय-पत्र वितरणलाई नियमित व्यवस्थित र प्रवाभकारी बनाइने छ।

सहकारी:
O कृषि विकास मार्फत सामुदायिक सहकारी खेतीलाई प्रोत्साहित गरिनेछ।

० महिला सहकारी समुहहरुलाई कृषि व्यवसायमा आकर्षित गरिनेछ।

O भुमिको चक्लाबन्दीलाई प्रोत्साहन गरी व्यवसायिक खेती गर्न कृषि सहकारी संस्थालाई एकै प्रकारको बाली लगाउन प्रोत्साहित गरिनेछ।

स्थानीय उत्पादन बृद्धि, रोजगार सिर्जना र गरिबी न्यूनीकरण गर्न सहकारी क्षेत्रको प्रवर्द्धन गरिनेछ। ० उद्देश्य र कार्यक्षेत्रको विश्लेषणका आधारमा सहकारी संस्थाहरुलाई एकआपसमा गाभीन प्रोत्साहन गरिनेछ। सहकारी संस्थाको अनुगमन र नियमन व्यवस्थालाई नीतिगत रुपमा थप प्रभावकारी बनाईनेछ।

० सहकारी उद्योग व्यवसायलाई सदस्य र समुदायको सेवाप्रति केन्द्रित बनाउन र सहकारीको व्यवस्थापनलाई सिद्धान्तनिष्ट बनाउन उपयुक्त कर प्रणालीको विकासका लागि जोड दिइने छ।

o सहकारीको व्यवस्थापनलाई विधि, प्रक्रियामा र ऐन काननमा आधारित बनाई सहभागिता, पारदर्शिता र जवाफदेहितालाई व्यवहारमा सुनिश्चित गर्ने व्यवस्था मिलाइने छ। सहकारी क्षेत्रको विकास र प्रबर्द्धनका लागि सहकारी क्षेत्र विकास कोषको अवधारणा अघि बढाइनेछ।

० कृषि लगायत ब्यवसायिक सहकारी संस्थालाई समुदायका नागरिकको आर्थिक उत्पादकत्व बृद्धि गराउने कार्यमा संलग्न हुन प्रोत्साहित गरिने छ।

० सहकारी क्षेत्रको प्रवर्द्धनका लागि नीतिगत प्रवन्ध मजबुत बनाइने छ। ० नगरपालिकाको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदानलाई गणना गरी प्रकाशन गर्ने गरी व्यवस्था मिलाईने छ।

O कृषि उत्पादन, भण्डारण, प्रशोधन तथा बजारीकरण एवं कृषि सामग्रीको आपूर्ति व्यवस्थापनमा कृषि सहकारी संस्थाहरूको संलग्नतालाई प्रोत्साहित गरिने छ।

O प्रदेश सरकारको नीति वमोजीम दुग्ध उत्पादक सहकारी मार्फत दुग्ध उत्पादकलाई उपलब्ध सुविधालाई उपयोगी बनाउन साविकामा गठन भएका दुग्ध सहकारी संस्थाहरुलाई समुदायमूखि वनाउने र अपुग भएको अवस्थामा सोही प्रकृतिका थप संस्थाहरु प्रवर्द्धन गर्ने व्यवस्था मिलाइने छ।

० सहकारी मार्फत स्वास्थ्य विमा कार्यक्रममा सदस्यलाई सहजीकरण गरी स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पुर्याइने छ।

O कृषिवाली र पशु विमा कार्यक्रमलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने छ।

० सहकारी संस्था मार्फत उत्पादन बृद्धि, प्रशोधन, संकलन, तथा वजारीकरणको कार्यलाई अघि बढाउने गरी कार्य गर्न आवश्यक प्रवन्ध मिलाइने छ।

शिक्षा:

O शिक्षण सिकाई प्रक्रियामा सहज वातावरण सिर्जना गरि वाल मैत्री वाल सुलभ विद्यालय निर्माण गर्न नमुना विद्यालय सञ्चालन प्रक्रियालाई अघि वढाईनेछ। भौतिक रुपमा व्यवस्थित गर्न बाँकि विद्यालयलाई नयाँ भवन निर्माण मर्मत लगायतका कार्यलाई निरन्तरता दिइनेछ।

० उच्च शिक्षालाई प्रभावकारी गुणस्तरीय र सर्ब सुलभ पहुँच स्थापना गर्न प्राविधिक शिक्षा तर्फ जोड दिन उपर्युक्त योजना निर्माण गरि कार्यान्वयन गरिनेछ जस अन्तर्गत एक नगर एक न्यूनतम प्राविधिक विद्यालय कार्यक्रम सञ्चालन गर्न उचित प्रवन्ध मिलाईनेछ। ० विद्यार्थीको शैक्षिक गतिविधि अलावा शारीरिक, मानसिक तथा संवेगात्मक विकासको आवश्यकीय कार्य गर्न पूर्वाधार तथा योजनाबद्ध  कार्यहरुको प्रारम्भ गरिनेछ।

0 शिक्षकको पेशागत विकासलाई मर्यादित वनाई सिकाई वातावरण सरल, प्रविधि मैत्री बनाउन आवश्यकीय तालिम, कार्यशाला, प्रदर्शनी जस्ता कार्यहरु सञ्चालन गरिनेछ।

० विद्यार्थीको क्षमता अधिवृद्धि गर्न विद्यार्थीलाई सिकाउ, टिकाउ र विकाउ कार्य अन्तर्गत गुणस्तरिय शिक्षा प्रवर्धन गर्न आवश्यक कार्य अघि बढाइनेछ।

० विद्यालयहरुमा ई.एम.आई.एस.लाई व्यवस्थित गरि विद्यालयगत अभिलेख प्रणलीलाई प्रभावकारी बनाइने छ।

0 विद्यालयको शैक्षिक, प्रशासनिक, आर्थिक, भौतिक व्यवस्थापन लगायतका विषयमा चुस्तता कायम गर्नको लागि अनुगमन निरिक्षणलाई जोड दिइनेछ।

० विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको लागि विद्यालय स्वयंले कार्ययोजना निर्माण गरी वालमैत्री, शैक्षिक सामग्री युक्त कक्षाकोठा निर्माण गरी शिक्षण सिकाई क्रियाकलापको माध्यमवाट विषयगत सिकाई उपलब्धि वृद्धि गर्नको लागि प्रतिविद्यार्थी लागतका आधारमा अनुदान उपलब्ध गराइनेछ। सामुदायिक विद्यालयमा सन्चालनमा रहेका स्कूलवसको सेवालाई प्रभावकारी व्यवस्थापनको लागि सन्चालन खर्चको व्यवस्था गराईनेछ।

० सामुदायिक विद्यालयमा कार्यरत नीजि स्रोतका शिक्षकको पोशाकमा एकरुपता कायम गर्नका लागि नेपाल सरकारले उपलब्ध गराउने रकमको पचास प्रतिशत रकम उपलब्ध गराइनेछ।

0 कोभिड १९ का कारण समस्यामा परेका वालवालिकालाई छात्रवृत्ति लगायतका कार्यको सुनिश्चितता गरी सहज शैक्षिक वातावरण सृजना गरिने छ।

0 अभिभावकको शैक्षिक चासो र विद्यालयसँगको समन्वयात्मक भुमिका वृद्धि गराई गुणस्तरिय शिक्षा प्रवर्धन गर्न अभिभावक शिक्षा कार्यक्र सञ्चालन गरिने छ।

0 वाल मैत्रि विद्यालयका सूचकहरुको सुनिश्चितताको लागि वालक्लवलाई थप प्रोत्साहित गरिनेछ।

0 शिक्षकहरुको स्वैक्षिक अवकासलाई मापदण्द निर्धारण गरि प्रोत्साहन सहयोगको व्यवस्था गरिनेछ।

सुचना प्रबिधि :
O एकिकृत सफ्टवेयर प्रणाली (योजना, दर्ता र चलानी , ई-हाजिरी संचालनमा ल्याउने।

O ग्रुप एस.एम.एस, ई-हाजिरी प्रणालीलाई निरन्तरता दिईनेछ।

० नगरपालिकामा भएका विभिन्न गतिविधिहरु सामाजिक संजालमा अद्यावधिक गर्ने कार्यलाई निरन्तरता दिईनेछ।

० नगरपालिकालाई सूचना प्रविधिमैत्री बनाउने उद्देश्यले डिजिटल नोटिस बोर्ड जडान गरिनेछ ।

0 नगर कार्यपालिका तथा वडामा कार्यरत कर्मचारीलाई कम्प्युटर सम्बन्धि क्षमता अभिबृद्धि तालिम संचालन गरिनेछ।

कषी तथा पशु विकास :
० भैसी सुत्केरी भत्ता वितरण गर्दा पहिलो वेत व्याएको रु ५०००/-((पाँच हजार) र अन्य वेत भएमा रु २०००/- (दुई हजार) उपलब्ध गराईने छ।

० उन्नत जातका प्रजनन योग्य बोका (वोयर र अजबेरी) वितरण गर्दा ६०% नगरपालिका र ४०% कृषकको सहकार्यमा वितरण गरिनेछ। यसरी वितरण गरिएका बोकाहरुको परल मुल्यमा वीमा नगरपालिकाको तर्फवाट वीमा गरिने व्यवस्था मिलाईने छ।

O नगरपालिका भित्र संचालन हुने १ दिने स्थलगत तालिममा अधिकतम ३० जना सहभागी गराईने छ। सहभागीहरुलाई परिवहन खर्च रु ३००- (तीन सय) उपलब्ध गराउने र खाजा तथा स्टेशनरी अन्य तालिममा भए अनुसार नै गरिने छ।

० भैसी सुत्केरी भत्ता वितरणका लागि पाडापाडी जन्म दर्तागर्ने कार्यमा संलग्न प्राविधिकलाई प्रति भैसी रु १५०/- (एक सय पचास) का दरले उपलब्ध गराईने छ।

o नगर भित्र रहेका पशुपन्छी तथा वाली वीमा गर्ने कृषकलाई निजले वुझाएको प्रिमियममा ५०% एकमुष्ठ अनुदान नगरपालिकाले उपलब्ध गराउने छ।

O नगरपालिकाले घाँसको विउ, वेर्ना, धानको विउ, मकैको विउ, तरकारीको विउ वितरण पुष्प खेतीका लागी फुलको विरुवाहरु, अति आवश्यकीय र आकस्मीक रुपमा वितरण गरिनु पर्ने पशुपन्छी खोप औषधी तथा कृषिमा प्रयोग हुने विषादी चुन मलखाद निःशुल्क वितरण गरिने छ।

0 उच्च मुल्यको अलैची विरुवा नर्सरीवाट उत्पादन भई रोप्नका लागी कृषकहरुको माग संकलन गरि ५०% अनुदानमा वितरण गर्ने व्यवस्था गरिने छ।

0 नगरपालिकाले वितरण गर्ने कृषि विकास र पशुपन्छी विकासमा प्रयोग हुने यन्त्र उपकाणको खरिद मुल्यमा ६०% अनुदान उपलब्ध गराईने छ।

0 प्राविधिक क्षमता अभिवृद्धी सम्वन्धी तालिम अन्तर्गत कृत्रिम गर्भाधान तालिममा सहभागीताका लागि नगरपालिका र निजी क्षेत्रमा कार्यरत प्राविधिकहरुलाई सहभागी गराउन सकिने छ । यसरी सहभागी गराउदा नियमाअनुसार लाग्ने दस्तुर र निजले पाउने सुविधा नगरपालिकाको तर्फवाट व्यवस्था गरिने छ।

० पशु विकास तथा कृषि विकास कायक्रम अन्तर्गत प्रस्तावमा आधारित कार्यक्रम संचालन गर्दा विशेष गरी युवा र वैदेशिक रोजगारीवाट फर्किएका यूवा यूवतीलाई लक्षित गरी प्रस्ताव आवहान गरिने छ । यसका लागि नमुना स्वरुप रु २००,०००/(दुईलाख) सम्म सहकार्यमा अनुदान रकम उपलब्ध गराईने छ।

० भैसी संरक्षण र सर्वधन गरी यूवालाई पशुपालनमा आर्कषण गरी भैसी आयातलाई न्युनिकरण गर्न र भैसीको श्रोत केन्द्र स्थापना गरि रोजगारी समेत सिर्जना गर्नका लागी कृषक सहितको लागत सहभागीतामा अधिकतम रु. ३७,५००/- वरावरको भैसीको पाडी ४०० गोटा प्रतिस्पधात्मक रुपमा खरिद गरी वितरण गरिने छ । यसरी वितरण गरिएको पाडीको विमा १ पटकका लागी नगरपालिकाको तर्फ वाट हुनेछ।

0 पशुहरुलाई खोरेत, पि.पि.आर, भ्ययागुते, रेविज खोप लगाए वापत खोप लगाउने प्राविधिकलाई प्रति पशु रु १०/- (दश) उपलब्ध गराउँदै आएकोमा सो मा सत प्रतिशत थप गरि प्रति पशु रु २० (विस) का दरले उपलब्ध गराईनेछ थप गरिएको रकम पशु विकास कार्यक्रमको कार्यक्रम शिर्षकको वजेट वाट व्यवस्था गरिने छ। सामुदायिक पशु विमा कार्यक्रमलाई सुदृढिकरण गर्नको लागि नगर भित्र संचालन भएको सामुदायिक पशुधन सुरक्षण समिति मार्फत कृषकहरुले प्रिमियम अनुदान पाउने गरी प्रस्ताव मागको आधारमा विमित पशु संख्या समेत मूल्याङकन गरी प्रति समिति न्युनतम रु २ लाख देखी १० लाख सम्म कार्यक्रम शिर्षक वाट एक मुष्ट अनुदान उपलब्ध गराएइने छ।

० नगरक्षेत्र भित्र सक्रिय रुपमा कार्यरत पशुसेवाकर्मी प्राविधिकलाई सहकार्यमा ६ लाख वरावरको जिवन विमा कार्यक्रमलाई निरन्तरता दिईने छ। यसका लागी आवश्यक रकम सोहि शिर्षकको कार्यक्रम वजेटवाट व्यवस्था गरिने छ।

0 गोठ सुधार अनुदान वितरण गर्नका लागि निम्न अनुसार पशु संख्या हुनु पर्दछ र सो पशुहरुको अनिर्वाय विमा गरि नगरपालिकामा व्यवसाय दर्ता गरेको हुनुपर्नेछ यसरी उपलब्ध गराउने अनुदान वैकमार्फत जम्मा हुने व्यवस्था मिलाईने छ। – गाईको हकमा १० माउ भैसीको हकमा ६ माउ • वाखाको हकमा २० माउ

O बंगुरको हकमा १० माउ o भकारो सुधार अनुदानका लागि रु १० हजार उपलब्ध गराईने छ यस्तो रकम प्राप्त गर्नका लागि कम्तीमा २ माउ गाईभैसी र १०  माउ वाखा हुनुपर्नेछ।

0 पनौती नगरपालिका भित्र रहेका कृषकहरुको यकिन पहिचान गर्न र नगरभित्र कृषि तथा वालीको अवस्था पशु पन्छीको संख्या, कृषि पशु जन्य उद्योगको अवस्थाका वारेमा एकिन तथ्याङ्क लिनको लागि एकिकृत तथ्याङ्क संकलन कार्य गर्न कृषि तथा पशुपन्छी शाखा प्रमुखको संयोजकत्वमा प्राविधिक टोली परिचालन गर्न र सोको लागि कृषि विकास तर्फ संघिय सरकारवाट र नगरपालिकाको तर्फवाट लागत साझेदारीमा स्विकृत कार्यक्रम शिर्षक वाट रकम खर्च गरिने छ। उक्त कार्यमा परिचालन हुने प्राविधिकहरुलाई दैनिक रु १०००/- (एक हजार) पारिश्रमिक र दैनिक रु २००/- (दुईसय) खाजा खर्च उपलब्ध गराईने छ। यस कार्यमा आवश्यक प्राविधिक र अन्य जनशक्ती परिचालन गरिने छ । यसरी प्राप्त भएको तथ्याङ्कलाई विश्लेषण गरी तथ्याङ्क अध्यावधिक गरिने छ। आवश्यक पर्ने फर्मेट छपाई लजेस्टिक सर्पोट समेत यसै शिर्षकको बजेटवाट व्यवस्था गरिने छ।

0 नगर क्षेत्र भित्रका कृषकहरुको वर्गिकरण गरि परिचय पत्र उपलब्ध गराईने छ। यसका लागी आवश्यक पर्ने जनशक्ती तथा अन्य खर्च रकमका लागी संघीय सरकार र नगरपालिकाको सहकार्यमा कृषि विकास तर्फ स्विकृत कार्यक्रम शिर्षकवाट व्यवस्था गरिने छ।

0 पनौती कृषि दर्पण रेडियो एफ.एम. कार्यक्रम साप्ताहिक रुपमा संचालन गर्नका लागि र केन्द्रीय स्तरिय रेडियो टिभीमा विषयगत सुचना प्रवाह गर्नका लागी पशु विकास तथा कृषि विकास तर्फको स्विकृत कार्यक्रम शिर्षकवाट रकमको व्यवस्था मिलाईने छ।

o आ.ब. ०७५/७६ देखी आ.व.०७६/७७ सम्म भैसी सुत्केरी भत्ता प्रयोजनका लागि दर्ता भएका पाडीपालन गर्न इच्छुक भैसीपालक कृषकहरुले पाडी हुर्काइ व्याउने बेला सम्म पालेमा पशु आहारा पोषण खर्च उपलब्ध गराउने सुचना प्रकाशित गरी पाडीपालन गर्न इच्छुक कृषकलाई सम्झौता गर्न आव्हान गर्ने र त्यसरी सम्झौता गर्न आउने कृषकको पाडीलाई नगरपालिकाको तर्फवाट ट्यागिङ्ग तथा प्रिमियम अनुदान उपलब्ध गराउने व्यवस्था मिलाइने छ।

o माथी उल्लेख भएका निति वाहेक अन्य कार्यक्रमहरु संचालन गर्दा प्रचलित कानुन र कार्यविधि वमोजिम गरिने छ।

0 उच्च मुल्यका व्यवसायीक फलफुल वगैचा स्थापनाका लागी कम्तीमा पनि ६०% अनुदानमा विरुवा उपलब्ध गराइने छ। यसरी उपलब्ध गराइने विरुवा कम्तीमा १ रोपनी क्षेत्रफलमा लगाउने व्यवस्था गरिने छ।

सामाजिक बिकास :
0 पनौती नगरपालिकाका सबै वडाहरुमा बालमैत्री स्थानीय शासन पद्धती अबलम्बन गरि वडा नं १, २, ३ र १२ बालमैत्री घोषणा भइसकेको सन्दर्भमा आ.व.०७७/०७८ मा पनौती नगरपालिकाका सबै वडाहरुलाई बालमैत्री वडा घोषणा गरि पुर्ण रुपमा नगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणा तथा सो कार्यान्वयन गर्ने निति लाई निरन्तरता दिईनेछ।

O बालश्रम मुक्त नगरपालिका घोषणा तथा सोको निरन्तरताका लागि बालश्रम अनुगमन प्रणालीलाई कार्यक्रमिक तवरले अघी बढाउने निति लाई निरन्तरता दिईनेछ।

० बालमैत्री लगानी योजनामा पहिचान भएका बालबालिकासँग सम्बन्धित कार्यक्रमहरुलाई यथोचित तवरले सम्बोधन गर्ने ब्यवस्था मिलाईनेछ।

O बालमैत्री स्थानीय शासन प्रणाली अबलम्बन गरि बालमैत्री स्थानीय तह घोषणाका आवश्यक कार्यहरु गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसंग सहकार्य गर्ने निति अबलम्बन गर्ने ब्यवस्था मिलाईनेछ।

0 बालमैत्री कार्यको मेरुदण्डको रुपमा रहेको बालमैत्री बिद्यालय निर्माण गर्ने निति लिई सो अनुरुपका कार्यक्रमहरु सञ्चालन गरिने

o बिशेष सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यबिधी २०७५ बमोजिम सुविधा प्राप्त गरिरहेका लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिईनेछ।

० नागरिकहरुकोलागि नगरपालिकाले सञ्चालन गर्ने कार्यक्रमहरुमा सहकार्य गर्न चाहने राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ निकाय संग सहकार्यको लागि आवश्यक निति निर्माण गरि कार्यक्रमिक तवरले दातृ निकाय सँगका सहकार्यमा बिकास गर्ने निति लाई निरन्तरता दिईनेछ।

प्रधानमन्त्री रोजगार :
० रोजगार कार्यक्रमलाई व्यवस्थित गरी न्यूनतम रोजगारीको प्रत्याभूत गर्नेछ।

० देशमा विद्यमान बेरोजगारी दर कम गर्नका लागि यस नगरका बेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्नका लागि आवेदन आह्वान गरी रोजगार सेवा केन्द्रमा सचिकत गरिनेछ।

० रोजगार सेवा केन्द्रमा सूचिकृत भएका बेरोजगार व्यक्तिहरुलाई युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना तथा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाहरु सञ्चालन गरी न्यूनतम रोजगारीको प्रत्याभूति गराइनेछ। O COVID-19 को कारणबाट वैदेशिक रोजगारीमा जान नपाएका तथा विदेशबाट फर्किन बाध्य भएका व्यक्तिहरुलाई सूचिकृत गरी विशेष प्राथामिकता साथ रोजगारी प्रदान गरिनेछ।

0 वैदेशिक रोजगारीबाट फिर्ता आएका श्रमिकहरुको सिप पहिचान गरी स्वरोजगारमूलक कार्यमा संलग्न गराउन पहल गरिनेछ साथै स्वरोजगारमूलक कार्यमा संलग्न हुन स्थानीय युवा उद्यमीहरुलाई प्रोत्साहित गरिनेछ।

0 दक्ष तथा सक्षम जनशक्तिको विकाश गरी आन्तरिक रोजगारीका प्रवर्दन गर्न आवश्यक सीपमूलक तालिमको पहिचान गरी बेरोजगार व्यक्तिलाई तालिम दिइनेछ।

० संघ तथा प्रदेशले ल्याएको रोजगारमूलक कार्यक्रममा अपनत्व कायम गर्दै रोजगारीका क्षेत्र विस्तार गरिनेछ। o आन्तरिक रोजगारी सिर्जना गर्न सरोकारवाला निकाय र निजी सहकारी तथा गैर सरकारी क्षेत्रसँग समन्वय र सहकार्यमा जोड दिइनेछ।

0 श्रम सम्बन्धलाई प्राथामिकता दिदै सार्वजनिक पूर्वाधार निर्माण, कृषि, व्यवसायिक, उद्योग, वित्तीय क्षेत्रबाट रोजगारी सिर्जनामा जोड दिनेछ। ० रोजगार सेवा केन्द्रलाई थप सुदृढीकरण गरी श्रम बैंकको रुपमा स्थापित गरिनेछ।

o नियमित विकास निर्माणका योजनाहरुमा आवश्यक श्रमिकहरुको लागि रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिहरुलाई प्राथामिकता दिइनेछ।

० युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना तथा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाहरुलाई थप सशक्त रुपमा सञ्चालन गरिनेछ।

O गरिबी न्यूनीकरण तथा रोजगारीका अवसरमा वृद्दि गरिनेछ। 0 सम्बन्धित वडाबाट प्राप्त मागमा आधारित परियोजना प्रस्तावलाई नगर कार्यपालिका मार्फत स्वीकृत गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाईनेछ साथै यस्तो कामको प्रभावकारी अनुगमन गरिनेछ।

अन्त्यमा पनौती नगरपालिकाको आगामी आ.व. ०७७/७८ को प्रस्तावित नीति तथा कार्यक्रम निर्णयार्थ छलफलका लागि टेबुल गर्दछु।

धन्यवाद । जय पनौती। २०७७/०३/१०

यस्तो छ पनौती नगरपालिकाको आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट:

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।