काठमाडौँ । १३ औं मिस तामाङ संस्करण हुने भएको छ।

तामाङ समुदायको राष्ट्रिय पर्व २८५७ औं सोनाम ल्होछारको अवसरमा “मिस तामाङ २०२१” हुन
लगिएका हो।उक्त मिस तामाङ होटल र्याडिसनमा गरिने अायोजकले बताएका छन् ।

एभरेष्ट फेसन होमको आयोजनामा २०७७ फागुन १५ गते होटल र्याडिसनमा हुन लागेको अन्तिम प्रतियोगिताको लागि मिस तामाङको अडिसनको लागि आवेदन फम खुलि सकेको र यहीँ माघ ९ गते भित्रमा फम बुझाइ सक्नुपर्ने एभेरेष्ट फेसन होमको अध्यक्ष रन्जिता लामाले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।

तामाङ भाषा, धर्म, संस्कार र संस्कृति उथान प्रबर्द्धन र सम्बर्द्धन गर्ने र महिला सशक्तीकरण क्षमता अभिवृद्धि गर्नेछ मिस तामाङको मुख्य उद्देश्य रहेको छन् ।

मिस तामाङमा सहभागीता हुनका लागि तामाङ जातिको १६ वर्ष देखि २८ वर्ष नकटेको हुनु पर्नेछ भने कम्तिमा ५ फिट उचाई र एस. एल. सी. सम्मको शैक्षिक योग्यता अनिवार्य हुनुपर्ने अायोजकले मापदण्ड तोकिएको छ ।

मिस तामाङ २०२१ बिजेता, फस्ट् रनर अप, सेकन्ड रनरअप, र १० जनालाई सभ टाइटल उइनर अवार्ड पनि वितरण गरिने अध्यक्ष लामाले पत्रकार सम्मेलनमा जानकरी दिनुभएको छ । अध्यक्षका भनाई अनुसार २०७७ साल माघ ०९ गतेसम्ममा फम बुझाउन पाइने छ। भने २०७७ माघ १० गते देखि छनौट प्रक्रिया शुरु हुने छन् । यसरी नै २०७७ फागुन १५ गते शनिवार देखि अन्तिम प्रतियोगिताका लागि ट्रेनिङ संचालन हुने जानकारी दिनुभएको छ ।

यसरी मिस तामाङमा सहभागी हुनेहरुका लागि १ महिनासम्मको तालिम अवधि तोकिएको छ भने उक्त अवसरमा तामाङ भाषाको महत्व,व्यक्तित्व व्यकतविकास, तामाङ जातिको इतिहास, श्रृङ्गार, ऐतिहासिक ठाउँको भ्रमण, फोटोसुट, सामाजिक कार्यको अनुभव, आत्मविश्वास, सवाल जवाफ, क्याटवाक जस्ता विभिन्न तालिम दिइने अध्यक्ष रन्जिता लामाले बताउनु भयो ।

पौस १६ गते बिहिबार बानेश्वरको हिमालय रिमठिम क्याफेमा भएको पत्रकार सम्मेलनमा २०१९ को मिस तामाङ बिजेता सरिता लामाले टाइटल बिजेता पछिको फाइदा र अनुभव सुनाएका थिए भने फस्ट् रनअर अप र थर्ड रनअर अप सविना दोङ र लसिका स्याङवाले पनि सहभागीता भएकी थिइन् ।

मिस तामाङ २०२१ को महत्व र सदाको भन्दा अलि फरक र पृथक हुने पनि एभरेष्ट फेसन होमको अध्यक्ष लामाले बताए ।

तामाङ समुदायको रहन सहन, सस्कृतिको झल्को दिने एक महत्वपुर्ण कार्यक्रम मिस तामाङ भएको पनि उहाँले दाबी गर्नु भयो । मिस तामाङमा सहभागी हुनेहरुले अवसर नै अवसर पाउने र समाजमा चिन्न पाउने महत्वपुर्ण अवसर मिल्ने बताएका छन् ।

Comments

comments