सुनिता दोङ तामाङ, १८ पौष २०७७
इराक । विभिन्न कामको शिलसिलामा इराक पुगेका नेपालीहरुले तमु ल्होसार भव्य रुपमा मनाएका छन् । गुरुङ समाज कुर्दिस्तान, सुलेमानीको आयोजनामा शुक्रबार ल्होसार कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।
पहिलो पटक गरिएको यो कार्यक्रममा भव्य रुपमा सम्पन्न भएको गुरुङ समाजका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए । ‘हामी विदेशमा रहेता पनि नेपाली संस्कार, सँस्कृतिको धेरै माया लाग्दो रहेछ ।’ अध्यक्ष गुरुङले भने, ‘सबै नेपाली दाजुभाई, दिदीबहिनीहरुको सहयोगले शुभकामना आदान प्रदान कार्यक्रम भव्यरुपमा सफल भएको छ । सबैलाई धन्यवाद ।’

अध्यक्ष लालकाजी गुरुङ, उपाध्यक्ष कल्पना गुरुङ, कोषाध्यक्ष सुरेस गुरुङ, सर्मिला गुरुङ,सचिब भेश बहादुर गुरुङ, सहसचिब बिद्या गुरुङ, सल्लाहकार यलेक्स गुरुङ, राजन गुरुङ, खिमु गुरुङ सदस्यहरु निर्मला गुरुङ,बिना गुरुङ, बिनोद गुरुङ, अमन गुरुङ, सन्जु गुरुङ, अनुस्का गुरुङ, मीना तमु, डम्बर गुरुङ, दिप गुरुङ, सिसम क्रोमजे गुरुङ, जुन गुरुङ, पासाङ गुरुङ,सगुन गुरुङ, सोम गुरुङ रहेका थिए ।

Comments

comments