भक्तपुर । युवा पुस्ताले सर्वाधिक रुचाएका
लोकप्रिय युवा संगीतकार तथा गायक विशाल काल्तानको”के खानु कसम “बोलको तामाङ सेलो गीत बजारमा मकवानपुरको हेटौंडाबाट
सार्वजनिक हुँदैछ।

दुच्छे म्युजिक क्रियसन युट्युब च्यानलको प्रस्तुति रहेको नयां गित ” के खानु कसम ” को म्युजिक भिडियो भोलि पौष २० ( Jan 4 2021 ) का दिन बजारमा ल्याउने भएको हो।

गायक स्वंयम कै शब्द संगित र स्वर रहेको उक्त गितको एरेन्जर र मिक्सिङ भने एरेन्जर दिपेश प्रधानको रहेको छ। दिप स्टुडियो बौद्दमा रेकर्ड गरेको गितमा म्युजिक भिडियोमा भने मोडल तथा समाजसेवी सगुन स्याङ्तान र अहिलेका चर्चित मोडल याङ्गगी दोङको अभिनय रहेको छ।

चितवनको रमणीय ठाउंहरुमा छयांकन गरेको उक्त गितको निर्देशन सुमित लामाले गरेका छन भने छयांकन लक्ष्मन घिमिरे, ड्रोन पाईलट बिष्णु सेवा ,सम्पादन रोशन फ्युबाले र मेकअप सुनिता खड्काले गरेका छन।

उक्त गीतका म्युजिक भिडियोलाई दुच्छे म्युजिक क्रियसन युट्युब च्यानलले बजारमा ल्याउने भएको छ।

Comments

comments