तेमाल काभ्रे । युवा लोकप्रिय युवा संगीतकार तथा गायक विशाल काल्तानको”के खानु कसम “बोलको गीतका म्युजिक भिडियो मकवानपुरको हेटौंडाबाट सार्वजनिक भएको छ।

भिडियोलाई द मिरर युनिटले निर्माण गरेको यस म्युजिक भिडियोमा युवा मोडल सगुन स्याङतान र चर्चित मोडल याङगी दोङले अभिनय गरेका छन् ।
युवा लोकप्रिय संगीतकार तथा गायक विशाल काल्तानको शब्द, संगीत र लय रहेको छ भने एरेञ्ज दिपेस प्रधानले गरेका हुन् ।

सुमित लामाको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोलाई दुच्छे म्यूजिक क्रियशनबाट सार्वजनिक भएको थियो ।

लक्ष्मण घिमिरेले छायांकन र विष्णु सेवाले ड्रोन क्याप्टेनको भुमिका निर्वाह गरेका हुन् । चितवनको जेम्सवल्र्ड पार्क, कबिलास रिसोर्ट, टिकौलीको जंगल क्षेत्रका दृश्यहरु भिडियोमा हेर्न सकिन्छ ।

भिडियो हेर्नुस् ।

Comments

comments