२७ पौष २०७७
बनेपा । जिल्ला सहकारी संघ, काभ्रेको ३९ औं साधारणसभाले दिलिप शर्मालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । आज बनेपामा सम्पन्न संघको साधारण सभाले शर्मालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
साधारण सभाले उपाध्यक्षमा कमला अधिकारी, अमन पोटे, कोषाध्यक्षमा राजन शाक्य, सचिवमा निरन्जन विष्ट, सदस्यहरुमा ठाकुरनाथ अधिकारी, कमल कुईंकेल, यदुनाथ हुमागाईं, सुदर्शन अधिकारी, अर्जुन सापकोटा, महिला सदस्यहरुमा हिमाली श्रेष्ठ, राधिका घिमिरे, मञ्जु घिमिरे, शान्ति लामालाई सिंगो समिति नै सर्वसम्मत चयन गरिएको छ ।
त्यसैगरि संघको लेखा सुपरिवेक्षण समितिको संयोजकमा शम्भुलाल श्रेष्ठ, सदस्यहरु गणेश भट्टराई, सरस्वती चिमौरिया पनि सर्वसम्मत चयन भएको छ ।
कार्यक्रम राष्ट्रिय सहकारी महासंघका सञ्चालक डिबी बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो भने अतिथिहरुमा वागमती प्रदेश दुग्घ विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाबल्लब सापकोटा, जिल्ला सहकारी संघका सल्लाहकारहरु मुकुन्द प्रसाद दाहाल, सोमप्रसाद हुमागाईं, कुलचन्द्र अधिकारी, जिल्ला कृषि सहकारी संघका जिल्ला अध्यक्ष सुमन नेपाल, दुग्ध सहकारी संघ, काभ्रेका अध्यक्ष नारायण बडाल, तरकारी उत्पादक संघ, काभ्रेका अध्यक्ष रणबहादुर बोहरा, बहुउद्देश्य सहकारी संघ काभ्रेका जिल्ला अध्यक्ष विधान जोशी, काभ्रेपलाञ्चोक जिल्ला सहकारी संघका सचिव उदयराम कायस्था, वागमती प्रदेश बचत सहकारी संघका अध्यक्ष उद्धव सापकोटा लगायतका थिए ।
कार्यक्रम निवर्तमान अध्यक्ष विनोद पराजुलीको अध्यक्षतामा भएको थियो भने कमला अधिकारीले स्वागत र सञ्चालन निवर्तमान सचिव दिलिप शर्माले गरेका थिए ।

Comments

comments