१ माघ २०७७
हेटौंडा । अखिल नेपाल फुटबल संघ बागमती प्रदेश अध्यक्षमा १३ जनाले दाबी गरेपछि भेला नै स्थगित भएको छ । बुधबार हेटौंडामा भएको ११ जिल्लाको ३३ प्रतिनिधिको भेलाले एन्फा अध्यक्षको लागि अत्याधिक प्रतिनिधिको दाबी आएपछि भेला स्थगित भएको हो ।
प्रदेशको अध्यक्ष एन्फाको केन्द्रीय समितिले टुंगाउने निर्वाचन अधिकृतको रुपमा आएका एन्फाका केन्द्रीय सदस्य पूर्णमान चित्रकारले बताए । प्रदेश समितिमा अध्यक्षसहित १५ जनाको कार्यसमिति रहेन प्रावधान रहेको चित्रकारले जनाए ।
अध्यक्ष सहित, ३ उपाध्यक्ष र ११ सदस्य अब एन्फा केन्द्रले टुङ्ग्याउने छ भने महासचिव र कोषाध्यक्ष ११ सदस्य मध्ये अध्यक्षले मनोनीत गर्नेछन् ।
बुधबार हेटौंडामा एन्फा बागमती प्रदेश तदर्थ समितिको नाममा मकवानपुर फुटबल संघ एक बृहत कार्यक्रम राखेर प्रदेश अध्यक्ष टुङ्ग्याउने तयारी गरेको थियो ।
कार्यक्रममा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको अध्यक्षता फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाले गरेका थिए ।

Comments

comments