smart

काठमाडौ । मेरो स्टाईल बोलको गीतमा युवा मोडलहरु मिलन थिङ,सन्तोष दोङ, सञ्जय थिङ र ईशा घिसिङको निकै दमदार अभिनय रहेको छ।

तामाङ कलाकार संघका संस्थापक अध्यक्ष एवम् वरिष्ठ संगीतकार तथा गायक चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतामा उक्त म्युजिक भिडियो सार्वजनिक भएको थियोे ।

छिमेकी क्याफे जोरपाटी बाैद्वमा रहेको म:म प्लाजामा पत्रकार सम्मेलन तथा एक विशेष कार्यक्रमको अायोजना गरि मेरो स्टाईलको भिडियो बजारमा ल्याएको हो ।

मोड्लिङ क्षेत्रमा काभ्रेको दोलालघाटबाट उदयकी ईशा घिसिङ भने यस गीतबाट आफ्नो मोड्लिङ क्षेत्रमा प्रवेश गरिकी थिइन् ।

लोकप्रिय संगीतकार तथा गायक विशाल काल्तानको शब्द, संगीत र सुमधुर आवाज रहेको गीतमा वरिष्ठ एरेञ्जर चाँद सिंहको एरेञ्ज रहेको थियोे भने मिक्सिङ दिपेश प्रधानले गरेका थिए।

कुशल छायांकन विक्रम मोक्तानले छायांकन गरेका भिडियोलाई युवा निर्देशक युद्ध लामाले निर्देशित गरेका हुन् ।भने यस भिडियोको बिचबिचमा तामाङ चलचित्रको हास्य कलाकार कुईसाङ रुम्वाको अभिनयले अझ रोचक तुल्याएको छन् ।

उक्त कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा सबै नेपालीहरुको मनमा बस्न सफल चर्चित हाँस्य कलाकार बुद्धि तामाङ (हैट्) तामाङ कलाकार संघको अध्यक्ष संजीव वाइबा चर्चित गायक रोज मोक्तान लगायतका अतिथिहरुको विशेष उपस्थिति रहेका थिए।

यस म्युजिक भिडियो दुच्छे म्युजिक  यूट्युब च्यानल बाट सार्वजनिक भएको छन् ।भने उक्त भिडियो सार्वजनिक कार्यक्रम लोकप्रिय संगीतकार तथा गायक बिशाल काल्तानको सभापतित्वमा भएको थियो भने कार्यक्रम सञ्चालन सञ्चारकर्मी स्मारिका थिङले सञ्चालन गरेकी थिइन् ।

भिडियो हेर्नुस्

Comments

comments