५ माघ २०७७
धुलिखेल । काभ्रे जिल्लाको बनेपामा रहेको सेवानुङ बचत तथा ऋण सहकारी सस्था लिमिटेडको अध्यक्षमा रामगोपाल भुजेल निर्वाचित भएको छ । साकोसको चौथो चुनाबी साधारण सभाबाट भुजेल सर्बसम्मत अध्यक्ष्तमा निर्वाचत भएका हुन् ।
९ सदस्यीय सञ्चालक समिति नै सर्वसम्मत रुपमा निर्वाचित भएको थियो । साधारणसभाले उपाध्यक्षमा इन्द्र कुमारी थापा, सचिवमा दिल बहादुर भुजेल, कोषध्यक्षमा सम्भु भुजेल, सदस्यहरुमा उत्तम भुजेल, ज्ञान बहादुर भुजेल, राजेन्द्र भुजेल, रोशनी भुजेल, जीवन भुजेल सर्वसम्मत निर्वाचित गरेको छ ।
त्यसैगरि लेखा सुपरिवेक्षण समितिको संयोकमा सुरेश भुजेल निर्वाचित भएका छन् भने सल्लाहकार संयोजकमा गुणराम भुजेल रहेका छन् । सदस्हरुमा बाबुराम भुजेल, कर्ण बहादुर भुजेल, राजेस्वरी बिष्ट, कृष्ण भुजेल रहेका छन् ।

Comments

comments