५ माघ २०७७
तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाम तेमाल गाउँपालिका स्तरीय दोस्रो अध्यक्ष कप अन्तर वडाव्यापी फुटवल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आगामी माघ २५, २६ र २७ गते प्रतियोगिता हुन लागेको हो ।
तेमाल खेलकुद विकास समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङका अनुसार तेमाल गाउँपालिकाको आर्थिक वर्ष २०७७।०७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता कार्यक्रममा तेमाल गाउँपालिका भित्र रहेका स्थानीय फुटवल टिमका खेलाडीहरुलाई समावेश गराउने उपाध्यक्ष तामाङले बताइन् । ‘स्थानीय खेलाडीहरुको उत्कृष्ट खेल प्रदर्शनको मुल्यांकन, दक्ष र अनुभव बटुल्ने गरी खेलाडीहरुको मानसिक, शारीरिक अन्तुरुस्तीका साथ उच्च मनोबल राख्नका निम्ति कार्यक्रम सञ्चालन गर्न लागेका हौं ।’ उनले भनिन्, ‘हामीले गत वर्षभन्दा व्यवस्थित र मर्यादित बनाउन लागेका छौं ।’
सम्बन्धित वडाको सिफारिस सहित प्रति वडा एक समूह गठन गरी टिम दर्ता गर्न समितिले सूचना समेत जारी गरिसकेको छ ।
प्रतियोगितामा प्रथम परस्कार रु. २ लाख, दोस्रा पुरस्कार रु. १ लाख ५० हजार, तेस्रो पुरस्कारः रु. १ लाख, सान्त्वना पुरस्कार रु ५० हजार, बेस्ट किपरः रु. ५ हजार, बढी गोल गर्ने खेलाडीः रु. ५ हजार, उत्कृष्ट खेलाडी रु. ५ हजार राखिएको छ ।
खेल तेमाल गाउँपालिकाको प्रस्तावित रंगशाला, तेमाल–७, चापाखोरीमा हुने उपाध्यक्ष तामाङले जानकारी दिइन् ।
यस्तो छ सूचनाः

Comments

comments