सुनिता दोङ तामाङ
५ माघ २०७७
चर्चित गायक तथा संगीतकार विशाल काल्तानको नयाँ सेलो आधुनिक सेलो ‘मेरो स्टाईल वान पिस, मेरो माया वान पिस’ सार्वजनिक भएको छ ।
अहिले सेलो गीतमा पुरानो धार र नयाँ धारको समिश्रण भयो भने त्यो गितमा निश्चय पनि बिशाल काल्तानको नाम आउँछ । धेरै चर्चित गितहरु मा संगित र स्वर भरेका गायक काल्तानको हालै आधुनिक सेलो गित मेरो स्टाईलको म्युजिक भिडियो सार्बजानिक भएको हो ।
बिगतका गीतहरु भन्दा अलि फरक शैलिमा सृजना गरेको यो गितलाई दुच्छे म्युजिक क्रियसन युट्युब च्यानलले बजारमा ल्याएको छ । दुच्छे म्युजिकको प्रस्तुति रहेको यस गितको शब्द संगित भने गायक आफैले गरेका छन ।
काठमाडौको जेनेरिक स्टुडियोमा रेकर्ड गरेको उक्त गितको एरेन्ज चाद सिंले गरेका छन भने मिक्सिङ दिपेश प्रधानको रहेको छ ।
सिन्धुलि जिल्लाको रमणीय ठाउँहरुमा छयांकन गरेको उक्त गितमा चर्चित मोडल मिलन थिङ पाराङका साथै चर्चित हांस्य कलाकार कुईसाङ रुम्बा, मोडलहरु सन्तोष दोङ, सन्जय थिङ तामाङ र मोडल ईशा घिसिङको अभिनय रहेको छ । नृत्य निर्देशक युद्ध लामाले गरेको उक्त गितमा छयांकन, सम्पादन अनि कलर भने बिक्रम तामाङको रहेको छ ।
भिडियो हेर्नुहोस्ः

Comments

comments