१५ बैशाख, बनेपा । बनेपामाआजबाट ‘कृषि व्यवसाय प्रवद्र्धन तथा व्यापार मेला–२०७५’ शुरु हुँदै छ । मेलाको संघीय मामिला तथा कानुन मन्त्री शेरबहादुर तामाङले आज दिउँसो १२ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम काभ्रे कृषि बजार मल्टिपर्पोज प्रा.लि. स्थित नयाँ तरकारी बजारमा ४ दिनसम्म चल्ने छ । सम्वृद्ध काभ्रे कृषि सहकारी संस्था लि., काभ्रे कृषि बजार मल्टिपर्पोज प्रालि तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयूक्त आयोजनामा यो मेला हुन लागेको हो ।
मेलामा कृषि उपज, कृषि सामग्री, पशुजन्य वस्तुहरुको प्रदर्शनी त छँदैछ, साथमा किसानहरुबीच प्रतिस्पर्धा, उत्कृष्ट कृषकहरुलाई पुरस्कार, कृषि प्रविधि प्रदर्शनी, धुर्मुस सुन्तली, भद्रगोल हाँस्य टेलिश्रृंखला लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुती, सूपथ मूल्य पसल, अर्गानिक उत्पादनहरुको प्रदर्शनी तथा बिक्री लगायतका विषयहरु रहनेछन् ।
करिब १ सय ५० स्टलहरु रहने मेलामा किसानहरुका लागि निःशुल्क स्टलहरुको व्यवस्था गरिएको छ भने पशुजन्य, माछा, चिया, तरकारीजन्यका साथै कृषिसम्बन्धि नयाँ प्रविधि, प्राङ्गारिक उत्पादन, प्राङगारिक मल लगायत सुपथ मूल्य पसल समेत संचालन हुने बताईएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।