smart

भक्तपुर ।प्रथम सोनाम ल्होछार खुल्ला फुटसल प्रतियोगिता २०७७ सुटर्स फुटसल ग्राउन्ड सुर्यविनायक भक्तपुरमा सम्पन्न भएको छ।

२८५७ (अाैं लाङ)म्हे सोनाम ल्होछारको उपलक्ष्यमा नेपाली कांग्रेस क्षेत्र नं १ खेलकुद विभागले अायोजना गरेका उक्त फुटसल प्रतियोगिता पुर्व संविधान सभाका सदस्य माननीय तिर्थ लामाको प्रमुख अातिथ्यतामा भएको थियोे ।


विशेष अतिथि नेपाल तरुण दल काभ्रेको अध्यक्ष दावा लामा,केन्द्रीय खेलकुद विभाग सदस्य चन्द्र लामा, पञ्चबुद्द रियल स्टेट रविन्स लामा, द बर्गर हाउसका सञ्चालक बसन्त तामाङ रहेको थियो।

उक्त खेलमा २४ टिम सहभागीता जनाएको खेलमा प्रथम पाण्डुबजार फ्रेन्सिप क्लबले प्रथम सिल र प्रमाणपत्र सहित नगद रु.१ लाख पुरस्कार सहित प्रथम भएका छन् ।

हरिसिद्दि फुटसल ललितपुर ले रु ५०,हजार नगद पुरस्कार प्राप्त गरि दोस्रो भएको थियो ।
खेलमा खेलका नियम पुर्वक कुशल खेल देखाउने उत्कृष्ट खेलाडी पाण्डुबजार क्बलका खेलाडी श्री कृष्ण श्रेष्ठलाई रु ५,हजार ५ सय हस्तान्तरण गरेका थियोे ।
साथै अन्य सहभागी खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए।
साथै मन्तव्यको क्रममा प्रमुख अतिथि एवं पुर्व माननीय तिर्थ लामाले विजेता साथै सम्पुर्ण सहभागी खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए

उक्त खेल राष्ट्रिय खेलाडी विश्वास श्रेष्ठ तथा एन्फा रेफ्रि हरिश कार्की(च्यान्टे)को उपचारार्थ सहयोग लागि अायोजना गरेको कार्यक्रमका संयोजक बुद्धराज लामाले बताएका थियो ।नेपाली कांग्रेसका क्षेत्रीय सदस्य काभ्रे १ एवम् खेलकुद विभाग संयोजक बुद्धराज लामाको सभापतित्वमा भएको कार्यक्रम पत्रकार जगत घिसिङले सञ्चालन गरेका थिए।

Comments

comments