न्युजिल्यान्ड । तामाङ सोसाइटी अफ न्युजिल्यान्डले २८५७ औं लाङ “म्हे”ल्हो वृहत् सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम गर्ने भएको छ।
१२ फेब्रुअरी २०२१मा हुने उक्त कार्यक्रम साँझ ६:३० बाट शुरु हुने कार्यक्रम साउथ अाईल्याण्डको विन्टन स्थिति अोरिटी प्लेन्स हलमा हुने सो कार्यक्रममा स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहने संस्थाका सचिव पान्डब पाख्रिन तामाङले बताए।
तामाङहरु संसारकै जुनसुकै ठाउँमा जन्म भएपनि सबै तामाङहरु एकता भई अाफ्नो भाषा, धर्म संस्कार र संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्नु पर्नेमा यस संस्थाले जोड दिएका छन् ।
नेपालको विभिन्न जिल्लाबाट न्युजिल्यान्ड अाई विभिन्न पेशा र अध्ययन गरि बसेका तामाङहरुले “विश्वका तामाङ एक हाैं” भन्ने मूल नाराका साथ एकै ठाउँमा भेला भई तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार मनाउने उदेश्यले अायोजित सो कार्यक्रममा विभिन्न व्यवसायी,समाजसेवी ,बुद्धिजीवी लगायतको समेत सहभागीता रहने अायोजकले जनाएको छ।
तामाङ एकताको लागि २०१७ मा स्थापना भएको यस संस्थाले यहाँ रहेका तामाङ समुदायको धार्मिक ,साँस्कृतिक लगायतका विविध विषयहरुमा अाफ्नो भुमिका निर्वाह गर्दै अाइरहेको छ।
उक्त कार्यक्रममा तामाङको भेषभुषा, सेलो गीत र नृत्य प्रस्तुत हुने साथै तामाङ परिकारहरु पनि पाउने अायोजकले जनाएको छ।
स्थापना कालदेखि नै ल्होछार मनाउँदै अाएको यस संस्थालाई शान्ता ग्यावा लामाले नेतृत्व गरेका छ।
























