भक्तपुर । यमर सिङ ब्लोन र अस्मि ग्लानका तामाङ कथानक चलचित्र “म्हिला म्हाङ”चलचित्रको गीत सार्वजानिक भएको छ ।

यस गीतमा यमर सिङ ब्लोन र अस्मि ग्लानले अभिनय गरेका छन् ।दिनेश ब्लोनको शब्द रहेका गीतमा गायक अमृत लामा र गायिका जितु लोप्चनले स्वर दिएका छन् ।
भने संगित संयोजन कृष्ण पुन मगरे गरेको छ।
चलचित्रको गीतको भिडियो केशब अधिकारिले छायांकन गरेका हुन् ।

भिडियोमा बुद्ध लामा तितुङले नृत्य निर्देशन गरेका छन ।विश्वास भण्डारीले सम्पादन रहेको भिडियोको निर्देशन र श्रृङगार यमर सिङ ब्लोनले गरेको छन् ।

निर्देशक, नायक , संगीतकार यमर सिङ ब्लोनको यस चलचित्रमा मुख्य भुमिकामा देखिन्छ ।यो चलचित्र वास्तविक जीवन कथामा आधारित चलचित्र एकदमै मार्मिक रहेकोले सबैको मन जित्न सक्नेमा निर्माण पक्ष बताए ।

यस चलचित्रमा निर्माता शंख बहादुर तामाङ रहेका छ । चलचित्र बनाउदै गर्दा चलचित्रलाई उत्कृष्ट बनाउन एकदमै प्रयास गरेको निर्माण पक्ष बताउछन ।

धेरै मेहेनत र दुख गरेकै कारण चलचित्रले सबैको मन जित्ने विश्वास राख्दै चलचित्र म्हिला म्हाङ चाँडै प्रदर्शन गर्ने तयारीमा जुटिरहेको छ।

यस चलचित्र म्हिला म्हाङमा नायिका अस्मि ग्लानको वास्तविक जीवन कथामा आधारित रहेको छ।भने नायिका अस्मि ग्लान साँच्चिकै एक मुटु रोगी पीडित हुन् ।
विगत लामो समयदेखि मुटुको बिरामी अस्मिलाई डाक्टरले समेत अन्तिम मिति दिईसकेका छन् । सानैमा रुखबाट लढेर गहिरो चोट भएका अस्मिले आफ्नो बुबा सानोमै गुमाए । आमाको भरमा बाँचेकी अस्मि अहिले एक्लै काठमाडौंको स्वयम्भू स्थित डेरामा मृत्यु संग संघर्ष गर्दै बाँचिरहेककी छिन् ।

यस चलचित्रमा अस्मि ग्लान संगै उनको आफ्नै बहिनी सुस्मिता ग्लान एक्सन नायिकाको रुपमा देखिने भएको छ ।
अस्मि ग्लानको जिवन कथामा आधारित तामाङ चलचित्र म्हिला म्हाङको गीतलाई Click Nepal युटुब च्यानलबाट सार्वजनिक भएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।