काठमाडौं । काठमाडौं स्वयम्भू स्थिति तामाङ कुदापमा विशेष पत्रकार सम्मेलन गरि “ए नोन हिन्न” गीतका म्युजिक भिडियोलाई तामाङ कलाकार संघका संस्थापक अध्यक्ष एवम् वरिष्ठ संगीतकार तथा गायक चन्द्र कुमार दोङ ज्यूको प्रमुख आतिथ्यतामा सार्वजनिक भएको छ।

यो गीत विशुद्ध प्रेम गीतसंग सम्बन्धित गीत हो।माया विश्वास हुनुपर्छ। मायामा भरोसा राख्नुपर्ने गीतको मुख्य सन्देश हो।

उक्त म्युजिक भिडियोमा नायक तथा मोडल तेमाल सिं तामाङ र मोडल याङ्गी द‍ोङको सशक्त अभिनय गरेको गीतमा चर्चित गायक तथा संगीतकार विशाल काल्तन शब्द संगीत रहेको गीतमा युवा ,गायक कान्छा रिदम लामा, र गायिका जित्तु लोप्चनको आवाज रहेका छन् ।भन्ने गीतको एरेञ्ज र मिक्सिङ दिपेस प्रधानले गरेको हो।

विशिष्ट अतिथि वाग्मती प्रदेश तरुणदलका उपा-संयोजक दावा लामा,काभ्रे नेपाली कांग्रेसको युवा नेता बेल लामा,तामाङ कलाकार संघका महासचिव विशाल काल्तेन,तामाङ नायक सन्दीप स्याङतान,अतिथि एभरेस्ट फेसन होमका अध्यक्ष रञ्जिता ब्लोन,गायक तथा संगीतकार फूलकुमार बोम्जन,गायक तथा संगीतकार अनिल वाईवा ysk ग्रुप लगायतका अतिथिहरुको विशेष सहभागी भएका थिए।

युवा गायक उर्गेन लामा निर्देशन गरेको भिडियो सिन्धुपाल्चोक र दोलखाको कालिन्चोकमा विवेक लामाले छायांकन रहेको हो।

चर्चित  नायक तथा निर्देशक अमिर दोङको सभापतित्वमा भएको कार्यक्रम सुदिन दोङले सञ्चालन गरेका थिए।भने यस म्युजिक भिडियो डम्फू मिडिया अफिसियल च्यानलबाट बजारमा ल्याएका छन् ।
भिडियो हेर्नुस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।