भक्तपुर । आमा संसारकै महान हुन् ।आमा भन्ने शब्द,शब्दकै सबैभन्दा महत्त्वपूर्ण शब्द हुन् आमा। त्यसैगरी आमाप्रति समर्पित निकै मार्मिक गीत “आमा ए विना ङा” सोेआखम भन्ने गीत बजारमा सार्वजनिक भएको छ।

निर्माता भगवती मोक्तानले निर्माण गरेको तामाङ कथानक चलचित्र दोर्जे डन ब्याक अगेन चलचित्रमा समाबेश भएको गीत हो।

शब्द,संगीत र स्वर चर्चित लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तनको रहेको छ भन्ने गायनमा चर्चित गायिका जितु लोप्चनले साथ दिएकी छिन् ।

यस गीतमा तामाङ समुदायको चर्चित सुपर स्टार नायक कुमार मोक्तान, तामाङ नायिका सीता लामा र सुजिना गोलेले अभिनय गरेका छन् ।यो गीतलाई सीता लामाले निर्देशित गरेका हुन् ।

उक्त गीतको एरेञ्ज र मिक्सिङ दिपेस प्रधानले गरेको हो ,भन्ने अभिषेक माझीले छायांकन गरेको थियोे।यो चलचित्र अब छिट्टै नै प्रदर्शनी अाउने चलचित्र निर्माण पक्षले बताए ।
आमा गीत हेर्नुस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।