भक्तपुर ।मञ्जुश्री संवत् २८५७ औं “लाङ” म्हे ल्हो वृहत् सोनाम ल्होछार सांगीतिक कार्यक्रमका साथ गायक तथा संगीतकार अभिषेक तामाङको नयाँ माया प्रेमगीत “क्राना लासी एदा, नेबा ङाला सेम आरे”भन्ने बोलको गीतका म्युजिक भिडियो विमोचन हुने भएको छ। 
उक्त कार्यक्रम शुभकामना पार्टी प्यालेस सुर्यबिनायक भक्तपुरमा यही २०७७ माघ २८ गते बुधबार ठीक १२ बजेबाट शुरु गरिने गायक अभिषेक तामाङले जानकारी दिएका छ।
उक्त कार्यक्रममा चर्चित कलाकार तथा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने आयोजकले बताए।
पत्रकार हेम बोम्जन शब्दमा गायक अभिषेक तामाङले संगीत संयोजन गरिएको हो।भन्ने गायक अभिषेक तामाङ र गायिका रश्मि दोङको आवाज रहेका छन् । 
उक्त गीतका म्युजिक भिडियोमा मोडल लाक्पा लामा,रियाज लामा , सुजिना गोले र एरिना मोक्तानले अभिनय गरेका छन् ।
प्रतीक ङ्यसुरको निर्देशित गरेको भिडियोलाई सुर्य लामाले छायांकन गरेकोे हो।उक्त वृहत् साँस्कृतिक सोनाम ल्होछार तथा म्युजिक भिडियो कार्यक्रममा सहभागीताका लागि अनुरोध समेत गरेको छ।

























